बुधबार, वैशाख १७, २०८२

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दा समेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन्। जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

सुर्खेत- नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दा समेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन्। जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो।  

कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ।  पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ। 

केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको बताउनुभयो।  उहाँका अनुसार मुगुका लागि रु २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ।  तर खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयहरुले कुनै चासो दिएका छैनन्।  

कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट ढुवानी भइरहेको छ। यी जिल्लामा नेपालगञ्ज ढुवानी थालिएको छ। 'नेपालगञ्जबाट पायक पर्ने भएकाले ढुवानीको प्रक्रिया अघि बढिसकेको छ, कतिपय जिल्लामा पुगिसकेको छ भने केही पुस्तक बाटोमै छन्,' जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले भने, 'सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको छ।'

जनक शिक्षाका अनुसार कालीकोटमा तीन हजार सेट, दैलेखमा चार हजार ५०० सेट, जाजरकोटमा चार हजार सेट, सुर्खेतमा चार हजार सेट, जुम्लामा दुई हजार ५०० सेट पुस्तक पठाइएको छ। बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउने बित्तिकै पठाइने प्रादेशिक कार्यालयले जनाएको छ।  

Metro Mart
worldlink

कर्णालीमा कक्षा ८ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको छपाइ कम हुँदा अभाव रहेको बताइएको छ।  जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताए। पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको उनको भनाइ छ।  

यसैबीच समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको छ। सुर्खेतको जनता माध्यमिक विद्यालय विद्यापुरका प्रधानाध्यापक मोतिराज जोशीले प्रदेश राजधानीकै जिल्लामा अझै पुस्तक नपाइनु सम्बन्धित निकायको लापरबाही रहेको बताए। 'पुरानो किताबकै भरमा पढाइरहेका छौँ, नयाँ किताब पढ्ने विद्यार्थीको रहर कहिले पूरा हुने हो निश्चित छैन,' उनले भने, 'कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम भएकाले ती कक्षा प्रभावित हुन पुगेका छन्, अन्य कक्षामा त पुरानै किताबले पनि पठनपाठन गराइएको छ।'

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ।  त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको विद्यार्थी र शिक्षकहरुको गुनासो छ।  


प्रकाशित: May 30, 2022| 21:30 सोमबार, जेठ १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।