शनिबार, जेठ ४, २०८२

महानगरको पहिलो बैठकमा वडाध्यक्षलाई मेयर बालेनको ब्रिफिङ

हाम्रो महानगरको सडक विभागले सबैतिर सडक बनाउन त नसक्ला तर नियमन गर्न सक्छ। मापदण्डअनुसार बनेको छ/छैन भन्ने कुरा महानगरको इन्जिनियरले हेर्न पाउँछ। यस्तो विषयमा गुणस्तर नियन्त्रण र नियमन महानगरले गर्न पाउँछ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

आफ्ना योजनामा वडाध्यक्षको प्रतिक्रिया सकिएपछि बालेन्द्र साह (बालेन)ले त्यसको जवाफ दिएका छन्। रेस्टुरेन्टका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने, फोहोर व्यवस्थापन र नगर कार्यपालिका बैठक लाइभ गर्दा हुने गोपनीयताको विषयमा उठेका प्रश्नलाई मेयर साहले जवाफ दिएका हुन्।

यस्तो छ, उनको जवाफको सम्पादित अंश–

म अब थोरै ब्रिफिङ गर्छु, यहाँ थोरै 'कन्फ्युजन' भएजस्तो लाग्यो। धरै वटा योजना भएजस्तो कुरा भए। तर, एजेन्डा धेरै होइन। कुनै रेस्टुरेन्टले सार्वजनिक रूपमा प्रयोग गर्न शौचालय दिन्छन् भने नलिने कुरा हुँदैन। त्यस्ता स्थानमा नागरिकहरू प्रष्ट रूपमा नै चिनुन् र 'कन्फ्युज' नहुन् भनेर हामीले बत्ती जडान गरिदिने एजेन्डा राखेका हौँ। बत्ती भएपछि यो शौचालय हो भन्ने चिनिन्छ। मुखले बोलेर ‘यो ट्वाइलेट हो’ भन्दा कसैले मान्दैन, भनेर नै बत्ती हाल्न खोजिएको हो। 

एक वडाध्यक्षले भन्नुभयो, वडाबाट बजेट उठ्छ तर समान रूपमा वडामा फिर्ता हुँदैन। त्यसैले हाम्रो त बुझाइ नै त्यही हो। विकेन्द्रीकरण भनेकै त्यही हो। भन्नलाई चाहिँ ३२ वटा वडाध्यक्ष भन्ने, काम चाहिँ सिधै महानगरले गर्ने होइन। त्यो त हरेक वडामा विभाजन हुनुपर्‍यो। त्यहीअनुसार बजेट पनि जानुपर्‍यो र नियमन चाहिँ महानगरबाट हुनपर्‍यो भन्ने हो। 

बजेट चाहि 'बार्गेन' गरेजस्तो गरेर मागिराख्नुपर्ने कुरा होइन। वडामा समस्या छ भनेपछि बजेट पाउनुपर्‍यो। महानगरले सिधै गर्ने भए, किन चाहियो ३२ वडाध्यक्ष? सबै वडाध्यक्षलाई जिम्मेवारी बोध हुनैपर्छ। हाम्रो भिजन/एजेन्डामा पनि यिनै कुरा छन्। 

अर्को कुरा तपाईंले सोधिराख्नुभएको छ, त्यो सडकको काम कसले हेर्ने हो? महानगरको कार्यक्षेत्रभित्र पर्छ/पर्दैन भनेर। यो तपाईंहरुले पनि जानिराख्नुपर्ने कुरा हो। कति मिटरको बाटो कसको भागमा पर्छ कसलाई कुन अधिकार पर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ। जस्तो, बाग्मतीको कुरा गर्दा बाग्मती सभ्यता पनि हो, महानगरको मात्र जिम्मेवारीमा पर्ने होइन। त्यो विषयमा सरोकारवालासँग सहकार्य गर्न सकिन्छ। 

हाम्रो महानगरको सडक विभागले सबैतिर सडक बनाउन त नसक्ला तर नियमन गर्न सक्छ। मापदण्डअनुसार बनेको छ/छैन भन्ने कुरा महानगरको इन्जिनियरले हेर्न पाउँछ। यस्तो विषयमा गुणस्तर नियन्त्रण र नियमन महानगरले गर्न पाउँछ। 

सबै वडामा फोहोर व्यवस्थापन होस् भन्ने हाम्रो कुरा थियो। तर, ३२ वटै वडामा व्यवस्थापन गर्ने ठाउँ छैन। २० मेट्रिक टन फोहोर उठ्यो भने त्यसको व्यवस्थापन गर्न कति भूभाग चाहिन्छ भन्ने कुरा त हुनपर्‍यो। नत्र २–३ वडाको एउटा ठाउँ बनाउने पनि सकिन्छ। त्यसलाई हेर्नपर्‍यो। योभन्दा राम्रो उपाय संसारमा अन्त हुन सक्दैन।

फोहोर व्यवस्थापनको लागि अब पुराना मेसिनले काम गर्दैन। ९० दिन, ४५ दिनमा फोहोर कुह्याउने मेसिनले हुन्न अब। हामीलाई ३–६ घण्टामा कुहाएर मलमा रुपान्तरण गर्ने मेसिन चाहिन्छ। त्यसको लागि हाई लेभलको उपकरण चाहिन्छ। पहिला अनुदानमा आउने कुरा पनि थियो। तर, अनुदान आउँदैन भने हामीले आफैँ किन्नुपर्‍यो। हामीसँग बजेट छ, पूर्ण बजेट प्रयोग हुनुपर्‍यो। महानगरको बजेट पुरै प्रयोग भएपछि मात्र संघको प्रदेशको प्रयोग गर्नुपर्‍यो। तपाईं पनि हरेक वडाको मेयर नै हो। भएको बजेट सबै वडामा फाल्नुपर्‍यो, महानगरले नियमन गर्नुपर्‍यो। 

अब गोपनीयताको कुरा गर्नुभयो। तर, यो संसदीय अभ्यास गरेको हो। भोलि तपाईं पनि सांसद लड्नुहोला। यहाँ लुकाउनुपर्ने कुरा केही छैन। के गोप्य राख्नुपर्यो? यहाँ प्राइभेसी भन्ने कुरै छैन। त्यहाँ बजेट छ, प्रविधि छ, त्यसमा काम गर्ने भन्दा गोपनीयता राख्नुपर्ने काम नै छैन। 

अनि अर्को कुरा, हाम्रो भिजन/एजेण्डामा राख्न खोजेको सडकनाली व्यवस्थापन। पहिलो कुरा त, हाम्रो पाइप नै सानो छ। जति सफा गरेपनि त्यो पाइपले धान्दैन। यो कुरा तुरुन्तै समाधान हुँदैन। यो कुरा समाधान गर्न त्यसको डिजाइन हुनुपर्‍यो। महानगरमा कति पानी बर्सिन्छ भनेर वर्षा मापन यन्त्र राखेर जाँच गर्नुपर्‍यो। हामीसँग डाटा नै छैन। कति पानी बर्सिन्छ भन्ने कुरा आएपनि बल्ल पो हामीले डाटा हेरेर पाइप डिजाइन गर्ने हो। पहिलाको जस्तो, यति जनसंख्या भएको ठाउँमा यत्रो पाइप भन्ने तरिकाको डिजाइनले हुन्न।

त्यसैले त्यो भन्दा अगाडि प्रिमनसुन सरसफाइ गर्नुपर्छ। बर्खा आउनुअगाडि सरसफाइ गरेर चेक गर्नुपर्‍यो। समस्या भएको ठाउँमा हल गरिहाल्नुपर्यो। आज यहाँ तपाईंको कुरा सनेपछि खुसी लाग्यो। हाम्रो सोचाइ एउटै रहेछ। मेरो आँखाले त कहिले पनि सबै पार्टी बराबर हो भनेर हरेको छु। त्यसैले मलाई स्वतन्त्र भएर फाइदा भएको हो। मैले सबैलाई बराबर हेर्छु। यसालाई नकारात्मक रुपमा प्रचार गरेपनि यो यति पोजिटिभ कुरा हो, पाँच वर्षमा देखिन्छ।

अहिले भनिरहेको र भिजन एजेन्डामा राखिएको कुरामा शंका नगर्नुहोला। यसमा नहुने कुरा केही पनि छैन। म आफैँले गरेको काम हुन् यी। म आफैँ इन्जिनियर हो। हामीले सहकार्य गरेर जाने हो, विकेन्द्रीकरण गर्नुपर्ने कुरा हो। यसमा केही समस्या छैन। तपाईंहरुको सबै कुरा, मेरो सबै कुरा मिलाएर लानुपर्छ। 

प्रकाशित: May 30, 2022| 20:46 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।