बुधबार, वैशाख १७, २०८२

बेपत्ता विमानमा सवार थिए एकै परिवारका ४ जना

‘विमान दुर्घटना भएको सुनिएको छ। विमानमा रहेका यात्रुहरुको नाम सुन्दा ४ जना यसै गाउँपालिकाका एकै परिवारका व्यक्ति हुन्,' वडाध्यक्ष रानामगरले नेपाल समयसँग भने, 'हिजो मात्रै उनीहरू मुस्ताङ जाने भनेर पोखरा गएका रहेछन्। चारै जनाको मोबाइलको स्विच अफ छ।’
 |  आइतबार, जेठ १५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, जेठ १५, २०७९

काठमाडौं- आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा गोरखाका एकै परिवारका चार जना सवार रहेको पाइएको छ। बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनटर विमान करिब १०:१० पछि सम्पर्कविहीन भएको विमानमा उनीहरू सवार रहेको पाइएको हो। 

जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेकोमा गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ५ तीनमानेका एकै परिवारका चार जना भएको वडाध्यक्ष यमबहादुर रानामगरले जानकारी दिए। ‘विमान बेपत्ता भएको सुनिएको छ। विमानमा रहेकामध्ये ४ जना यसै गाउँपालिकाका एकै परिवारका सदस्य हुन्,' वडाध्यक्ष रानामगरले नेपाल समयसँग भने, 'हिजो मात्रै उनीहरू मुस्ताङ जाने भनेर पोखरा गएका रहेछन्। चारै जनाको मोबाइलको स्विच अफ छ।’

वडाध्यक्ष रानामगरका अनुसार बुबा गणेशनारायण श्रेष्ठ, आमा रश्मि श्रेष्ठका साथै दुई छोरी रोजिना र रविना बेपत्ता विमानमा सवार थिए। उनीहरूले पोखरा हुँदै मुस्ताङ जाने खबर आफन्तलाई जानकारी गराएका थिए। ‘५ जनाको परिवार थियो। दुई छोरीहरु रविना र रोजिना वैशाख ३० गते मात्रै अमेरिकाबाट आएका थिए,' रानामगरले भने, 'अर्का छोरा पनि अमेरिकामा नै छन्।'

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा आफू वडाध्यक्षमा निर्वाचित भएपछि गणेशले फोन गरेर बधाई दिएको समेत रानामगरले स्मरण गरे। 'छोरीहरुलाई घुमाउन लैजानु छ भनेर उनी हिजो मात्रै पोखरा गएका थिए,' रानामगरले भने। 

तारा एयरले विमान खोजी कार्य जारी रहेको बताएको छ। 

Metro Mart
worldlink

तर नेपाल वायुसेवा प्रदायक संघका प्रवक्ता योगराज कँडेलले भने तारा एयरको ९एन- एइटी साइनको ट्विनअटर जहाज लार्जुङ क्षेत्रमा 'लोकेट' भएको जानकारी दिएका छन्। 

'जहाज लार्जुङ क्षेत्रको डाँडाको खोँचमा 'लोकेट' भएको छ। खराब मौसमका कारण घटनास्थलमा हेलिकोप्टर पुग्न सकेको छैन,' उनले भने, 'तीनपटकसम्म प्रयास गर्दा पनि हेलिकोप्टरबाट त्यहाँ पुग्ने प्रयास सफल भएको छैन। वर्षा भइरहेको छ। त्यहाँ पुग्न निकै कठिन छ। अब पैदल जाने प्रयास भइरहेको छ।'

जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए।

यी हुन् विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु

चालक दल

१. क्याप्टेन प्रभाकर घिमिरे

२. उत्सव पोखरेल

३. एयर होस्टेज क्रिष्टी थापा

यात्रुहरु

१. बान्देकर वैसवी

२. ईन्द्रबहादुर गोले

३. पुरुषोत्तम गोले

४. राजनकुमार गोले

५. मेइक ग्रीटग्राफ

६. वसन्त लामा

७. गणेश नारायण श्रेष्ठ

८. रवीना श्रेष्ठ

९. रश्मी श्रेष्ठ

१०. रोजिना श्रेष्ठ

११. प्रकाश सुनुवार

१२. मकरबहादुर तामाङ

१३. राममाया तामाङ

१४. सुकुमाया तामाङ

१५. तुलसादेवी तामाङ

१६. अशोककुमार त्रिपाठी

१७. धनुश त्रिपाठी

१८. ऋतिका त्रिपाठी

१९. वी विलनर

प्रकाशित: May 29, 2022| 15:33 आइतबार, जेठ १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।