आइतबार, जेठ २६, २०८२

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जित नजिक

धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) जितनजिक पुगेका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) जित नजिक पुगेका छन्।

साम्पाङले १८ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनलाई सत्ता गठबन्धनका उम्मेदवार किशोर राईले १४ हजार ९ सय ९६ मतसहित पछ्याइरहेका छन्। किशोर हर्कभन्दा ४ हजार १५९ मतले पछि छन्।

एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत प्राप्त गरेकी छिन्।

२० वडा रहेको धरानमा ६२ हजार ८९७ मत खसेको छ। हालसम्म ५८ हजार २७७ मत गणना भइसकेको छ। अब वडा नम्बर १६ र १७ को गरेर करिब ४ हजार ६ सय मतगणना हुन बाँकी छ। 

उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता छ। बेघाले १८ हजार ८६४ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १६ हजार ५८१ मत प्राप्त गरेका छन्। बेघाले २ हजार २८३ मतले अग्रता लिएका छन्।

प्रकाशित: May 22, 2022| 14:12 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।