शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सातवटै प्रदेशमा प्राविधिक शिक्षालयको आवश्यकता : मन्त्री श्रेष्ठ

सातवटै प्रदेशमा प्राविधिक शिक्षालयको आवश्यकता : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सातवटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन्। उनले मुलुकमा सिपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको बताए।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

बुटवल- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सातवटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन्। उनले मुलुकमा सिपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको बताए। 

बुटवल तामनगर स्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको शनिबार अवलोकन गर्दै मन्त्री श्रेष्ठले सिपयुक्त जनशक्ति उत्पादनका लागि शिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको बताए। 

‘कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको अवलोकनले प्राविधिक जनशक्ति उत्पादनका लागि यस्ता शिक्षालयको आवश्यकतालाई अझ बढि बोध गरायो,’ अवलोकनपछि मन्त्री श्रेष्ठले भने, ‘कम्तीमा एक हजार विद्यार्थीले आवास सहितको सुविधा पाउने गरि शिक्षालय स्थापनाको आवश्यक प्रक्रिया अघि बढ्छ।’

मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी समालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताए। उनले आफ्नो मन्त्रालयसँग रोजगारी समेत जोडिएको बताउँदै विदेशमा जाने जनशक्ति समेत सिपयुुक्त हुँदा त्यसले राम्रो अवसर पाउने बताए। मन्त्री श्रेष्ठले आवास सहितको तालिम केन्द्र ७ वटै प्रदेशमा स्थापना गर्ने गरि तयारी भइरहेको बताए। काठमाडौंको भैसीपाटीमा रहेको तालिम केन्द्रलाई समेत अपग्रेड गर्ने तयारी भइरहेको उनले बताए।

उनले रोजगार सृजनाका लागि सिपमूलूक जनशक्तिको आवश्यकता महसुस गरिएको बताए।  मन्त्रालयका निमित्त सचिव डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताए।

Metro Mart
worldlink

उनले मन्त्रालयले रोजगारीको वातावरण कसरी सृजना गर्ने भन्नेबारेमा आन्तरीक योजना समेत अघि बढाएको बताए। उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षाहरु सञ्चालनमा रहेको बताए। कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थीहरु अध्ययनरत छन्। 

प्रकाशित: May 21, 2022| 19:58 शनिबार, जेठ ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।