शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेका चित्रसँग कांग्रेसका फणेन्द्रको बदला, सैनामैनामा दोहोरिइन् एमाले उपमेयर

एमालेका चित्रसँग कांग्रेसका फणेन्द्रको बदला, सैनामैनामा दोहोरिइन् एमाले उपमेयर

शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत ल्याए। कार्कीले २०७४ सालमा कांग्रेसका उनै शर्मालाई हराएर मेयरमा निर्वाचित भएका थिए। त्यसबेला कार्कीले शर्माभन्दा २ हजार ७३१ मत बढी ल्याएका थिए।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख नेपाली कांग्रेसले खोसेको छ। गठबन्धनबाट उम्मेदवार भएका  नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका चित्रबहादुर कार्कीसँग बदला लिएका हुन्। 

शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत ल्याए। कार्कीले २०७४ सालमा कांग्रेसका उनै शर्मालाई हराएर मेयरमा निर्वाचित भएका थिए। त्यसबेला कार्कीले शर्माभन्दा २ हजार ७३१ मत बढी ल्याएका थिए। 

कांग्रेसले मेयरमा बदला लिएपनि उपमेयरमा भने एमालेकै विना राना दोहोरिएकी छन्। रानाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मानबहादुर महत (नारायण) लाई २ हजार ४२ मतान्तरले पराजित गरिन्।

२०७४ सालमा पनि एमालेबाटै उपमेयरमा निर्वाचित भएकी रानाले यसपालि १५ हजार ७ सय ६२ मत पाउँदा महतले १३ हजार ७ सय २० मत पाए।

प्रकाशित: May 20, 2022| 19:50 शुक्रबार, जेठ ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।