शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा कांग्रेस पहिलो, माओवादी दोस्रो [हालसम्मको विस्तृत विवरणसहित]

लुम्बिनीमा कांग्रेस पहिलो, माओवादी दोस्रो [हालसम्मको विस्तृत विवरणसहित]

लुम्बिनी प्रदेशमा निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्न सफल भएको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

बुटवल– लुम्बिनी प्रदेशमा निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्न सफल भएको छ। १ सय ९ वटा स्थानीय तह रहेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका सम्पन्न भएको मतपरिणम अनुसार कांग्रेसले २६ स्थानीय तह जितेर पहिलो बनेको छ भने नेकपा माओवादी केन्द्रले २० स्थानीय तह जितेको छ।

एमालेको लुम्बिनी प्रदेश गण मानिएको भएपनि नेकपा एमाले अहिलेसम्मको नतिजामा तेस्रो पार्टी बनेको छ। एमालेले १५ वटा मात्रै स्थानीय तह जितेको छ। राष्ट्रिय जनमोर्चाले अर्घाखाँची र प्यूूठानमा एक एक वटा गाउँपालिका जितेको छ। नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एउटा पनि पालिका जितेको छैन।

पहाडी भेगका धेरैजसो जिल्लामा मतगणना सकिएको छ। रुकुुम पूर्वमा नेकपा माओवादी केन्द्रले तीन वटै स्थानीय तह जितेको छ। तराईका रुपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियाका अधिकांश स्थानीय तहमा मतगणना जारी छ। 

लुम्बिनी प्रदेशका १२ जिल्लामा हालसम्म विजयी भएकाहरुको विवरणः 

अर्घाखाँची 

Metro Mart
worldlink

छत्रदेव गाउँपालिकाः चन्द्रमान श्रेष्ठ (७४०७) नेपाली कांग्रेस 

पाणिनी गाउँपालिकाः टेकराज न्यौपाने (७७४९) नेकपा एमाले 

भूमिकास्थान नगरपालिकाः झविलाल थापा (८३२४) राष्ट्रिय जनमोर्चा 

मालारानी गाउँपालिकाः दलबहादुर भटटराई (८२८३) नेकपा एमाले 

गुल्मी 

रेसुङ्गा नगरपालिकाः खिलध्वज पन्थी (८६१४) नेपाली कांग्रेस 

मुसिकोट नगरपालिकाः जीवलाल खरेल जीवन (७३९९) नेकपा एमाले 

इस्मा गाउँपालिकाः भगत सिंह खड्का (५५८९) नेपाली कांग्रेस 

काली गण्डकी गाउँपालिकाः बेदबहादुर थापा (४८१०) नेपाली कांग्रेस 

गुल्मी दरबार गाउँपालिकाः सरोज कुमार थापा (६१६६) नेपाली कांग्रेस 

चन्द्रकोट गाउँपालिकाः युवराज खत्री (५७००) नेकपा माओवादी केन्द्र 

छत्रकोट गाउँपालिकाः रामप्रसाद पाण्डे (६५८६) नेकपा एमाले 

धुर्कोट गाउँपालिकाः भूूपाल पोखरेल (६०८९) नेकपा माओवादी केन्द्र 

मदाने गाउँपालिकाः महेन्द्र बहादुर कुँवर (४७०७) नेपाली कांग्रेस 

मालिका गाउँपालिकाः देविराम अर्याल (६१७६) नेकपा माओवादी केन्द्र 

रुरुक्षेत्र गाउँपालिकाः यदुु ज्ञवाली (५८१७) नेकपा माओवादी केन्द्र 

सत्यवती गाउँपालिकाः टिकाराम पाण्डे, (६२६७) नेकपा एमाले 

पाल्पा 

तानसेन नगरपालिकाः सन्तोषलाल श्रेष्ठ (११२७३) नेपाली कांग्रेस 

रामपुर नगरपालिकाः रमण बहादुर थापा (१०४५६) नेपाली कांग्रेस 

तिनाउ गाउँपालिकाः प्रेम श्रेष्ठ (५०९०) नेकपा एमाले 

निस्दी गाउँपालिकाः मुक्त बहादुर सारु (६६५२) नेकपा एमाले 

पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा (६०३९) नेकपा एमाले 

बगनासकाली गाउँपालिकाः सरस्वती दर्लामी (६४६६) नेकपा एमाले 

माथागढी गाउँपालिकाः यमबहादुर चिदि (६१०९) नेकपा एमाले 

रिब्दिकोट गाउँपालिका नारायण बहादुर कार्की (५७०७) नेकपा माओवादी केन्द्र 

रैनादेवी छहरा गाउँपालिकाः रुक्मागत भट्टराई (६६४३) नेपाली कांग्रेस 

रुकुम पूर्व 

पुथा उत्तरगंगा गाउँपालिकाः पुनीराज घर्ती (३९१३) नेकपा माओवादी केन्द्र 

भूमे गाउँपालिकाः होम प्रकाश श्रेष्ठ (३९७५) नेकपा माओवादी केन्द्र 

सिस्ने गाउँपालिकाः कृष्ण रेग्मी (३७७९) नेकपा माओवादी केन्द्र 

रोल्पा 

त्रिवेणी गाउँपालिकाः कर्ण बहादुर बाँठामगर (५०८५) नेकपा एमाले 

थवाङ गाउँपालिकाः ऋषिकेशव बुढामगर (२१२२), नेकपा माओवादी केन्द्र 

परिवर्तन गाउँपालिकाः सुक बहादुर बुढामगर (३३११), नेकपा माओवादी केन्द्र 

माडी गाउँपालिकाः अमरसिंह घर्तीमगर (३८३०) नेकपा माओवादी केन्द्र 

रुन्टीगढी गाउँपालिकाः जनक पुुन (४३९१) नेपाली कांग्रेस 

रोल्पा नगरपालिकाः सुरेन्द्र थापा घर्ती (७६०३) नेकपा माओवादी केन्द्र 

लुङग्री नगरपालिकाः भरत कुुमार थापा (४९६४) नेकपा माओवादी केन्द्र 

गंगादेव गाउँपालिकाः हरि बहादुर पुन (२५५७) नेपाली कांग्रेस 

सुनछहारी गाउँपालिकाः धनबहादुर पुन मगर (३४३९), नेकपा माओवादी केन्द्र 

सुनिल स्मृती गाउँपालिकाः मणिराम बुढाथोकी (६०६२) नेकपा माओवादी केन्द्र 

प्यूठान जिल्ला 

ऐरावती गाउँपालिकाः नविल विक्रम शाह (४६६९) नेपाली कांग्रेस 

गौमुखी गाउँपालिकाः विष्णुकुमार गिरी (२८७०) नेपाली कांग्रेस 

नौवहिनी गाउँपालिकाः दिलबहादुर थापा (६५३७) नेकपा एमाले

प्यूठान नगरपालिकाः विष्णु बहादुर योगी (९३२३) नेकपा माओवादी केन्द्र 

मल्लरानी गाउँपालिकाः कृष्णबहादुर खड्का (३५७६) राष्ट्रिय जनमोर्चा 

माण्डवी गाउँपालिकाः नमराज अधिकारी (३६७६) नेकपा माओवादी केन्द्र 

सरुमारानी गाउँपालिकाः झगबहादुर विश्वकर्मा (४२८०) नेकपा एमाले 

स्वर्गद्धारी गाउँपालिकाः टेक प्रसाद भण्डारी (७७२६) नेपाली कांग्रेस 

दाङ 

बंगलाचुली गाउँपालिकाः तुल्सिराम पुन मगर (५७४९) नेकपा माओवादी केन्द्र 

बबई गाउँपालिकाः कुल बहादुर क्षेत्री (६६१५) नेपाली कांग्रेस 

राजपुर गाउँपालिकाः शरद कुमार बुढाथोकी (३९८०) नेपाली कांग्रेस 

राप्ती गाउँपालिकाः प्रकाश विष्ट (६८९८) नेकपा माओवादी केन्द्र 

लमही नगरपालिकाः जोगराज चौधरी(९३१७) नेपाली कांग्रेस 

शान्तिनगर गाउँपालिकाः प्रमोद बस्नेत (५७१६) नेपाली कांग्रेस 

बाँके 

डुडुवा गाउँपालिकाः नरेन्द्र कुमार चौधरी (६२७२) नेपाली कांग्रेस

राप्ती सोनारी गाउँपालिकाः तप्त बहादुर पौडेल (१०११२) नेपाली कांग्रेस 

बर्दिया 

राजापुर नगरपालिकाः दिपेश थारु (९८०७) नेकपा माओवादी केन्द्र 

गुलररिया नगरपालिकाः मुक्तिनाथ यादव (७९८९) नेपाली कांग्रेस 

गेरुवा गाउँपालिकाः जमान सिंह केसी (७६९८) नेपाली कांग्रेस 

बारबर्दिया नगरपालिकाः छविलाल थारु (१३००६) नेपाली कांग्रेस 

बाँसगढी नगरपालिकाः खड्क बहादुर खड्का (१०९४७) नेकपा एमाले 

मधुवन नगरपालिकाः तेजबहादुर भाट (८७७५) नेपाली कांग्रेस 

नवलपरासी पश्चिमः 

सरावल गाउँपालिकाः सुखाडी प्रसाद चौधरी (७०५९) नेकपा एमाले 

रुपन्देही 

कञ्चन गाउँपालिकाः नवराज ढकाल (९०८५) नेपाली कांग्रेस 

शुद्धोधन गाउँपालिकाः विष्णु प्रसाद बस्याल (७९८३) नेपाली कांग्रेस 



प्रकाशित: May 18, 2022| 10:52 बुधबार, जेठ ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।