शनिबार, वैशाख २०, २०८२

रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्री गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरे। उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गरिन्।

दसवटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ । थवाङ गाउँपालिका माओवादी  विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भए। बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो ।

उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरे। थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । 

Metro Mart
worldlink

त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी भए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरिन्। सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले ४३९१ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरे। उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता केसी निर्वाचित भइन्। उनले चार हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३७०८ मत प्राप्त गरिन्। माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भए। उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याए। जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका छन्।

प्रकाशित: May 17, 2022| 14:20 मंगलबार, जेठ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।