मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीको सुरक्षा व्यवस्था कडा, यस्तो छ मोदीको नेपाल भ्रमण तालिका

लुम्बिनीको सुरक्षा व्यवस्था कडा, यस्तो छ मोदीको नेपाल भ्रमण तालिका

बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरबाट लुम्बिनी आइपुग्नेछन्। लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन्।
 |  सोमबार, जेठ २, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, जेठ २, २०७९

बुटवल- २५६६औं बुद्वजयन्ती समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनी भ्रमणमा आउँदैछन्। बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरबाट लुम्बिनी आइपुग्नेछन्। लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीका अनुसार मायादेवी मन्दिरमा मार्कर स्टोनमा फूल अर्पण गरी पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडी २ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने र आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ।

त्यसपछि मोदी साझै भारतको आईबीसीद्वारा निर्माण हुने बिहारको शिलान्यास गर्ने र त्यसपछि होटेल पवनमा केही बेर विश्राम गर्ने छन्। त्यसपछि त्यहाँ दुई देशका प्रधानमन्त्रीबीच वार्ता एवं पत्रकार सम्मेलनको हुने छ।

दुई बजे मोदी लुम्बिनीमा नवनिर्मित सभाहलमा आयोजित मूल समारोह समितिमा भाग लिई सम्बोधन गर्ने र करिब ३ बजे भारत फिर्ता हुने कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताएका थिए।

Metro Mart
worldlink

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल आउन लागेका हुन्। पाँचौँ पटक नेपाल आउन लागेका मोदीले मायादेवी मन्दिरको अलावा लुम्बिनी मठ क्षेत्रमा भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति एवं विरासत केन्द्रको शिलान्यास र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। 

विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए । 

नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

प्रकाशित: May 16, 2022| 08:18 सोमबार, जेठ २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।