बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चामेको बागडोर दोस्रोपटक सम्हालेपछि घलेले भने– सबै काम पर्यटनसँग जोडेर गर्छु

चामेको बागडोर दोस्रोपटक सम्हालेपछि घलेले भने– सबै काम पर्यटनसँग जोडेर गर्छु

चामेमा ६१० मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। घलेले कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई ४१ मतले पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले जित हात पारेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– मनाङको चामे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका घलेले पुनः गाउँपालिकाको बागडोर सम्हाल्ने अवसर पाएका हुन्।  

चामेमा ६१० मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए। घलेले कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामालाई ४१ मतले पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले जित हात पारेका छन्। 

०७४ को चुनावमा घले २१४ मत ल्याएर जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन्। यसपटक घलेले अघिल्लो चुनावमा भन्दा धेरै मत ल्याएका छन्।

चामे गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गाउँपालिका हो। चामेवासीको सांस्कृतिक जीवन पद्धतिमा तिब्बती प्रभाव पाइन्छ। चामे पर्यटकीय स्थल पनि हो। घले यसपटक अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम गर्न चाहन्छन्। पर्यटन प्रवर्द्धन त छँदैछ, तातोपानी कुण्ड पुनर्निर्माण गर्नेलगायत थुप्रै योजना उनका छन्।

अध्यक्षमा निर्वाचित भएलगत्तै अध्यक्ष घलेले नेपाल समयसँग कुरा गर्दै आफ्ना योजना सुनाएका छन्। 

Metro Mart
worldlink

अघिल्लो पटक गरेको कामका कारण यस पटक पनि चामेवासीले मलाई मत दिनुभयो। चामेवासीहरुको सेवामा खटिने अर्को मौका दिनुभयो। सबै जनतालाई धन्यवाद छ। अब मैले एमालेको नभएर सबै जनताको अध्यक्ष भएर काम गर्नुपर्ने छ। चामेवासीको आर्थिक हैसियत उकास्न म काम गर्नेछु।

चामेवासीको प्रमुख आर्थिक स्रोत नै पर्यटन हो। हिमाली पर्यटकीय गन्तव्य धेरै छन्। तर, पर्यटकीय गन्तव्यहरूमा सहजै पुग्न सडक पूर्वाधारको विकास छैन। वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकहरू छन्। मेरो पहिलो प्राथमिकता नै सडक पूर्वाधारको स्तरोन्नति हो।

सुरुमा त म चामे–डुम्रे सडक र चामे–बेशींसहर सडक कालोपत्रे गर्नेगरी काम अघि बढाउँछु। अघिल्लो पटक पनि पूर्वाधार विकासमै मेरो ध्यान थियो। सडकको स्तरोन्नति भएपछि बिहान ६ बजे काठमाडौंदेखि बस चढ्दा दिउँसो २–३ बजे पर्यटक चामे आइपुग्छन्। त्यसपछि चामेमा पर्यटन व्यवसाय पनि राम्रो हुँदै जान्छ।

यहाँको समस्या बिजुलीबत्तीको पनि हो। मर्स्याङ्दी कोरिडोरको गाउँपालिका भएकाले बाढी पहिरोका कारण अवरुद्ध हुँदा बिजुलीको दिगो भर छैन। यसको व्यवस्थापनमा म जोड दिनेछु। अर्को कुरा, मैले यसअघि नै चामेमा बसपार्क बनाउने योजना अघि सारेको थिएँ। त्यसपटक जग्गा खरिद प्रक्रिया अघि बढाएँ। अब चामेमा व्यवस्थित सदरमुकाम बनाउने छु। सदरमुकाम भए पनि चामेमा व्यवस्थित बसपार्क नहुँदा सबैलाई मर्का परेको छ। 

प्राचीन बौद्ध गोन्पाहरूको संरक्षण, गोन्पा शिक्षा कार्यान्वयन, सरकारी विद्यालयलाई आवासीय बनाउनेदेखि शिक्षाको क्षेत्रमा धेरै काम गर्ने सोच छ। हेरौँ, कतिसम्म काम हुन्छ। विशेषगरी पर्यटनको विकास गर्न म लागिपर्नेछु। सबै कुरालाई पर्यटनसँग जोडेर हेर्छु।

पहिला पनि मैले गरेको भनेको, पर्यटन प्रवर्द्धनलाई नै विशेष प्राथमिकतामा राखेको थिएँ। प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकीहरु, बसपार्क, धुलाम्मे बाटोमा पिच गराउने काम गरेँ। अब संघीयता लागू भएपछिको कार्यकाल भएकोले गाउँपालिका भवनदेखि वडाका भवन बनाउनेसम्मका काममा ध्यान दिनुपर्र्छ।

यसपटक खेल मैदानहरुको पनि स्तरोन्नति गर्नु पर्नेछ। यसअघि हामीले तातोपानी कुण्ड पनि बनाएका थियौँ, त्यसलाई बाढीले बगायो। अब मैले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाएको छु। 

प्रकाशित: May 14, 2022| 13:28 शनिबार, वैशाख ३१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।