बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : प्रहरी

मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : प्रहरी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पैसा बाँडेको आरोपमा पक्राउ गरिएको खबर झुटो भएको प्रहरीले बताएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

Metro Mart
worldlink

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पैसा बाँडेको आरोपमा पक्राउ गरिएको खबर झुटो भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार मियाँलाई उनी बसेको होटलमा विवाद सिर्जना भएपछि सुरक्षा दिइएको हो।

‘बाहिर आएको खबर एकदमै गलत हो,’ एसपी रजौरेले भने, ‘खासमा त्यहाँ दुक्ष पक्षबीच विवाद भइरहेको रहेछ। उहाँलाई हामीले संरक्षण दिएर एयरपोर्टसम्म पुर्याएका मात्रै हौं। अरु केही पनि होइन।’

मियाँ जनकपुरधामको बसपार्कस्थित होटल सीताशरणको ३०५ नम्बर कोठामा बसिरहेका थिए। प्रहरीले होटलबाट निकालेको तस्बिर बाहिरिएपछि उनलाई पक्राउ गरिएको खबर फैलिएको थियो। मियाँले मतदाता रिझाउन पैसा बाँडेको आरोप लगाउँदै जनकपुर एमालेका कार्यकर्ताहरु उनी बसेको होटल घेराउ गरेपछि त्यहाँ तनावको स्थिति सिर्जना भएको थियो। त्यही कारण प्रहरी त्यहाँ पुगेर मियाँलाई सुरक्षा दिएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 12, 2022| 13:29 बिहीबार, वैशाख २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।