शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ दुई गते गर्ने भएका छन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ दुई गते गर्ने भएका छन्।

बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्री देउवाले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न लागेका हुन्। सोही दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित अन्तर्राष्ट्रिय उडान पनि गर्नेछ।

यसअघि उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान भइसकेको छ। आन्तरिक उडान यसैको धावनमार्गबाट भइरहेको छ।

जेठ दुई गते नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने भ्रमणका क्रममा लुम्बिनी आउँदैछन्। प्रधानमन्त्री मोदी भारतको कुशीनगरबाट हेलिकोप्टरमार्फत सिधै मायादेवी मन्दिर परिसरमा उत्रने बताइएको छ। त्यहाँ प्रधानमन्त्री देउवाले उनलाई स्वागत गर्नेछन्। 


प्रकाशित: May 11, 2022| 13:47 बुधबार, वैशाख २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।