बुधबार, वैशाख १७, २०८२

मतगणना स्थलमा सिसीक्यामरा जडान

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

रसुवा- रसुवामा स्थानीय तह निर्वाचनको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिने भएको छ। हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको नेपालले बताए।

यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ। 

मुख्य निर्वनचन अधिकृत नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको हो।

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपश्चात् आइतबारदेखि मतदान कार्यमा खटिने कर्मचारीलाई कार्यस्थलमा पठाउन थालिएको छ। पहिलो चरणअन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ क्षेत्रमा आवश्यक सुरक्षाका साथ कर्मचारी खटाएर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी मङ्गलबारसम्म सबै मतदान केन्द्रमा पुगी सक्ने छन्।

Metro Mart
worldlink

निर्वाचनको समयमा उम्मेदवार तथा दलका कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जिल्ला हुलाक कार्यालयले अनुगमन गरिरहेको छ। 

हुलाक प्रवक्ता राजेश श्रेष्ठका अनुसार सूचना बोर्डको परिपत्रबमोजिम अनुगमनको साथै कहीँकतै आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाकलाई उजुरी दिन सूचनासमेत जारी भइसकेको बताइएको छ।    रासस


प्रकाशित: May 09, 2022| 11:30 सोमबार, वैशाख २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।