मंगलबार, वैशाख १६, २०८२

बिस्केक उपसंहार

हामीले म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध पुस्तक ‘आमा’बारे केही बेर चर्चा गर्यौं। त्यो किताबले विश्वका धेरै मानिसलाई कम्युनिस्ट बनाएको मानिन्छ।
 |  शनिबार, वैशाख २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, वैशाख २४, २०७९

हामी किर्गिस्तान यात्रामा छौँ। आज मलाई अरु कुनै ठाउँ घुम्न मन लागिरहेको थियो। सूचीमा धेरै ठाउँ थिए। तर एउटा योजना बनाउनु पर्ने भयो। अब म भिक्ट्री गार्डेन, ओक पार्क, आला टु स्क्वाएर, फाइन आर्ट म्युजियम, पेनफिलभ पार्क डुल्ने योजना बनाउन लागेँ।

होटेलको रिसेप्सनमा गएर सो कुरा बताएँ। त्यहाँ भएका युवक मेरो कुरा सुनेर मुस्काए। मैले पहिले भिक्ट्री पार्क जाने कुरा बताएँ। तर उनले त्यो ठाउँ सम्झनै सकेनन्।

गुगल म्यापमा देखाएपछि बल्ल बुझे। त्यसको रसियाली भाषामा अर्कै नाम रहेछ, जुन मैले सम्झनै सकिनँ।

‘मानिसहरु त्यहाँ बिहे गर्न जान्छन्। धेरै जोडी त्यहाँ गएको देखेको छु। त्यहाँ जाने परम्परा छ। तर किन जान्छन्, थाहा छैन,’ उनले भिक्ट्री पार्क बारे भने, ‘राम्रो ठाउँ छ डुलेर आउनुहोला।’

‘हुन्छ। मैले ट्याक्सी अर्डर गरेको छु। एकैछिनमा फोन आउला। उसलाई यहाँ बोलाइदिनुस्,’ मैले अनुरोध गरेँ।

Metro Mart
worldlink

उनले हामी जाँदै गरेको ठाउँ वरिपरिका कुरा पनि बताउँदै थिए ट्याक्सी आइहाल्यो। होटेलका अर्का कर्मचारीले ट्याक्सितर्फ लिएर गए। ड्राइभरलाई खै के भने कुन्नी, ट्याक्सी चालकले सरासर लिएर हिँडे।

यसबीच अलिअलि यहाँको ट्याक्सीबारे पनि भनौँ। बिस्केकमा चार खालका ट्याक्सी पाइने रहेछन्। कारपुल, इकोनोमी, कम्फर्ट र कम्फर्ट प्लस। हामी कम्फर्टमा थियौं। भाडा १५० आसपास थियो। त्यो भनेको नेपाली २०० बराबर। इकोनामी र कारपुल अझ सस्ता रहेछन्।

हामी भिक्ट्री गार्डेन पुग्यौं। तीन तिरबाट अर्धवृत्तकार खाँबो, एउटा गोलो आकारको संरचनामा जोडिएका थिए। जसको मुनि सदा आगो बलिरहँदो रहेछ। युवायुवती बिहे गर्न आउने सो ठाउँमा हामी पुग्दा कुनै वरवधु देखिएनन्।

पार्कमा केही सालिक देखिए। कसका हुन्, थाहा भएन, बुझ्नका लागि ठूलो प्रयास पनि गरिएन। गार्डेनको उत्तरतिर बिस्केक सिटी सर्कस थियो। हामी चाहिँ पश्चिमतर्फ लाग्यौं। म्युजियम नपुग्दै थिएटर भेटियो। नाम थियो– ओपेरा एन्ड ब्यालेट थिएटर।

प्रकाशित: May 07, 2022| 14:00 शनिबार, वैशाख २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...