मंगलबार, वैशाख १६, २०८२

सेन्ट्रल म्युजियम पुग्न भाषाकै हैरानी

‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस? ब्रिङ मोर राइस।’ ठूलो स्वर सुनेर रेस्टुरेन्टमा भएका सबै जना हाँसे। होटेलका वेटरले अचम्म मान्दै भने, ‘फिनिस्ड।’
 |  मंगलबार, वैशाख २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, वैशाख २०, २०७९

हामी किर्गिस्तान यात्रामा छौँ। क्यामेराले नपत्याएकोविमानभित्रको नेपाल चर्चा भइसकेको छ। दुबई विमानस्थलमा १२ डलरको एउटा बर्गर खाएर हामी किर्गिस्तानको राजधानी बिस्केकका लागि उड्यौँ। 

बिस्केक उत्रिएपछि करिब ४० मिनेटको यात्रा गरेर हामीलाई होटल जानु थियो। ४० मिनेटको अन्तिमतिर पुग्दा बाटो छेउमा लहरै रुख रोपिएका देखिए, उभिएका खम्बा जस्ता देखिन्थे। तीखो छाना भएका एकैनासका घर देखिन थाले। पातलो बस्तीमा कुनै नयाँ घर, कुनै पुराना थिए। गाउँमा पो आइयो कि भने जस्तो लागे पनि होइन रहेछ।

अघि बढ्दै जाँदा घरको संख्या बढ्दै गयो। तला पनि थपिँदै गएको छायाँझै देखिँदै थिए। बाटो व्यवस्थित र ठूलो हुँदै गयो। उज्यालो हुने सुरसारै थिएन। पाँच बज्नै लाग्दा पनि किन अध्याँरो? म त्यसैमा चिन्तित थिएँ।

प्रहरीको गाडीले हामीलाई ‘स्कटिङ’ गरिरहेको थियो। बाक्लो वस्तीको एक ठाउँमा पुगेर बस रोकियो। हामी ओर्लिर्यौं। सडक बत्तिले झिलिमिली उज्यालो थियो त्यहाँ, मैले फोटो र भिडियो खिचेँ।

बस गार्डेन होटेल अगाडि रोकिएको रहेछ। गार्डेन त देखिनँ तर सल्ला र धुपीका रुखले हामीलाई स्वागत गरे। दशर्नाभिलाषीका लागि कोही नआएकाले मिलन दाइले रिसेप्सनमा गएर कुरा गर्नुभयो।

Metro Mart
worldlink

रिसेप्सनमा बसेका मानिसलाई हाम्रो आगमनबारे सूचना रहेछ। उनले सबैको पासपोर्ट मागे। वाइफाइको पासवर्ड हालेर इन्टरनेटमा कनेक्ट भइयो। नेपाली फुटसल टिम बिस्केके पुगेको जानकारी मैले नेपाल पठाएँ।

हाम्रो कोठा बी ब्लकको २०२ मा परेछ। अबको काम सुत्नु थियो।

सुत्नु अघि दुई कुरा थाहा भयो; ब्रेकफास्ट सात बजेदेखि १० बजेसम्म हुन्छ। ९ बजे कोरोना परीक्षणका लागि पीसीआर गर्नुपर्छ।

सुत्न पाएइला जस्तो लागेन। पत्रकार साथी मुकुन्द कोठामा पुग्नेबित्तिकै निदाइहाले। उनी निदाएपछि मैले सुत्न नमिल्ने भयो। नत्र पीसीआर र ब्रेकफास्टका लागि उठ्न सकिने अवस्था थिएन।

म काममा लागेँ। केही समाचार बनाएँ।

साढे आठ बजे होटेलको लबीमा भेला भयौँ। हामीलाई किर्गिस्तानमा सहजीकरण गर्न त्यहाँको फुटबल संघबाट अजिज आएका रहेछन्। 

किर्गिज फुटबल युनियनका कम्पिटिसन डिपार्टमेन्टका अजिजको अंग्रेजीमा राम्रो दख्खल रहेछ। उनी दुबईमा हुँदा नेपालीसँग संगत पनि गरेका रहेछन्। उनी नेपालीको आनिबानीबारे जानकार रहेछन्। केही समयको गफमा मैले यत्ति चाहिँ थाहा पाएँ।

‘तपाईं मिडिया अफिसर हो?’ उनले सोधे।

‘हजुर,’ म हासेँ। उनी पनि मुस्काएँ।

केही समयमा नर्स आएपछि पीसीआरका लागि स्वाद दिने काम सकियो। मैले पीसीआरबारेको फोटोसहित जानकारी नेपाल पठाएँ।

साढे १० बजिसकेछ। ब्रेकफास्टको समय सकियो। हामी छिर्दा छिटफुट खानेकुरा मात्र थिए। मैले ब्रेड, टमाटर, साग, चीज प्रयोग गरेर स्यान्डविच बनाएँ। अनि, अनारको जुस र केही ड्राइफ्रुट्स लिएँ।

गौरव दाइले ४ बजे अभ्यास गर्ने भन्नुभएको थियो। रातभरि सुतेको छैन। बिहान पनि सुत्न पाइएन। कसरी उठ्ने होला भन्ने चिन्ताले घेर्‍यो। कोठामा गएर सामान मिलाउँदा साढे १२ बजिसकेको थियो।

अनि एकैछिन भए पनि सुत्नु पर्‍यो भन्ने लाग्यो। मुकुन्द बिहान सुतेकाले उसले उठाउलान् भन्ने लागेर सुतेँ। तर दुवै भाइ भुसुभुसु भइएछ। ब्युझँदा ५ बज्नै लागेको थियो। अभ्यासमा जान पाइएन। तर त्यहाँ हाम्रो काम त थिएन। फोटो पठाउनु पर्ने थियो। मिलन दाइले खिचेका फोटो नेपाल पठाइयो।

मलाई अब एउटा यहीको सिम र क्यामेराको लागि मेमोरी कार्ड चाहिएको थियो। ब्रेकफास्टपछि हामी छेवैको सुपरमार्केटमा गएका थियौं। त्यहाँ पैसा साट्ने व्यवस्था भए पनि सिम पाइएन। त्यसमाथि भाषाको समस्याले हैरान।

त्यहाँको बोलिचालीको भाषा रसियन थियो। हामीले बोलेको उनीहरुले नबुझ्ने। उनीहरुले बोलेको हामीले। किनमेलमा समस्यै समस्या। गुगल ट्रान्सलेसनले केही हदसम्म सहयोग गरे पनि धेरै समय धेरै लाग्ने।

यता मैलै लिएको डलरमा एउटा धर्सा देखिएको भन्दै सटही गर्न बसेका मानिसले मेरो पैसा चाहिँ साट्न मानेनन्। उनले चलेका भाउभन्दा छ सय ‘सोम’ थोरै दिन्छु भने। तर मैले मानिनँ।

मलाई पैसा साट्ने विश्वासिलो ठाउँ आवश्यक परेको थियो। होटेलको रिसेप्सनकी महिलालाई भनेँ, ‘मलाई डलर साट्नु छ र सिम कार्ड लिनुछ।’

उनले सुपर मार्केट, भेफा सेन्टरमा गएर साट्न सकिने बताइन्। त्यहाँ जाने बाटो मलाई जानकारी नभएको बताएँ। 

उनले म्याप निकालिन् अनि देखाउँदै भनिन्, ‘दोस्रो ट्राफिक लाइटबाट देब्रे लाग्नुस्।’ अनि थपिन्, ‘त्यहाँबाट ५ मिनेट हिँडेपछि भेपा सेन्टर पुगिन्छ।’

मैले बिस्केको म्याप हेरेँ हामी सहरको दक्षिणी भेगमा रहेछौं। म्यापमा भेफा सेन्टर सेट गरेँ अनि निस्किएँ। म त्यहाँ कसैसँग बोल्नै सकिनँ। भाषाको समस्या होला भन्ने भयले न पैसा साटेँ न सीम, न मेमोरी कार्ड नै किनेँ। सुपरमार्केट हेरेर त्यत्तिकै फर्किएँ।

भोलिपल्ट बिहान नेपाली टिमले मैत्रीपूर्ण खेल्ने योजना थियो। नेपालको खेलको जाँच त हुने नै थियो। मैले क्यामेरा चलाउने सक्ने हो वा होइन भन्ने कुराको पनि जाँच हुनेवाला थियो।

बिहान ब्रेकफास्ट लिँदै थियौँ। करिब आठ बजेको हुँदो हो। प्रकाश पंगेनी दाइ आएर ब्रेकफास्ट लिन लागे। खाना चाहिँ सकिएको रहेछ।

‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस? ब्रिङ मोर राइस।’

दाइको ठूलो स्वर सुनेर रेस्टुरेन्टमा भएका सबै जना हाँसे। होटेलका वेटरले अचम्म मान्दै भने, ‘फिनिस्ड।’

उनले त्यसो भन्नुअघि भात राखिएको भाँडामा हेरेका थिए। खासमा होटेलले अरु खाना जति नै भातलाई स्थान दिने रहेछन्। कार्बोहाइड्रेटका लागि भातभन्दा धेरै ‘ब्रेड’लाई मान्यता दिइएको थियो। २३ जनाका लागि राखिदिएको खाना ७-८ जनाले खाँदै सकिएको हुन्थ्यो।

म चाहिँ सुरुमै गएको थिएँ र पाएँ।

‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस? ब्रिङ मोर राइस।’  ठूलो स्वर सुनेर रेस्टुरेन्टमा भएका सबै जना हाँसे। होटेलका वेटरले अचम्म मान्दै भने, ‘फिनिस्ड।’

अब खेलमा जाँदै थियौँ। बिस्केकमा पहिलो पटक दिनको यात्रा थियो त्यो। बसमा। नेपालले दर्दोइसँग खेल्ने तय भएको थियो। प्रतिस्पर्धी टिमबारे हिजो अजिज र मैले १० मिनेट कुरा गरेका थियौँ।

उनले किर्गिस्थानको फुटसलको अवस्थाबारे बताएका थिए। हामीले खेल्न लागेको दर्दोइ टिम किर्गिस्थानकै धनाढ्य व्यक्तिको थियो। उनको बारेमा पनि अजिजले मलाई धेरै बताए।

‘उनी पोलिटिक्समा छैनन्। होटेल, मल, क्लबलगायत धेरै व्यवसाय छ उनको,’ दर्दोइको मालिकबारे अजिजले भनेका थिए, ‘त्यसैले गर्दा उनलाई किर्गिस्तानका धेरै मानिसले मन पाउँछन्। किनभने उनी राजनीति गर्दैनन्।’

अजिजले दर्दोइको मालिकको नाम पनि भनेका थिए। मैले बिर्सिहालेँ। गुगलमा खोजेँ, भेटिनँ। त्यो क्लबले राम्रो तलब दिने हुँदा धेरै खेलाडी जान इच्छुक हुँदा रहेछन्। दर्दोइको फुटबल क्लब पनि रहेछ। त्यसको फुटबल क्लबसँग चाहिँ धेरै पहिलो नेपाल पुलिस क्लबले एएफसी प्रेसिडेन्ट कपको फाइनलमा हार बेहोरेको रहेछ।

दर्दोइसँगको खेलमा मैले जति भाका पुर्‍याएर फोटो खिच्न खोजे पनि फोकस आउट मात्रै भयो। मैदानमा अटोमा राखेर खिच्दा फ्ल्यास आउने भएकाले त्यसो गर्न नपाइने गौरवले दाइले भन्नुभएको थियो। म्यानुएलमा चाहिँ फोकस मिलाउनै झन्झट।

धेरै फोटो खिचेपछि बल्ल–बल्ल केही फोटा पठाउन मिल्ने निस्किए। होटेलमा फर्किएपछि तीनलाई नेपाल पठाएँ।

खेलपछि गौरव दाइले क्यामेराबारे थप जानकारी दिनुभयो। मैले खिचेका फोटो हेरेर त्यसलाई कसरी राम्रो बनाउन सकिएला भन्ने सुझाव गौरव दाइले दिनुभयो। त्यसैले मलाई फोटो खिच्न हौसला मिलेको थियो।

‘मैले लकडाउनमा फुटसलबारे अध्ययन गरेको थिएँ,’ दाइले गफैगफमा भन्नुभयो, ‘त्यो बेलामा त म रातभर फुटसलसम्बन्धी भिडियो हेरेर समय बिताउँथेँ।’

दाइले त्यसका लागि एनिमेसन भिडियो बनाउन निकै महँगो सफ्टवेयर अमेरिकाबाट मगाएको बताउँदै हुनुहुन्थ्यो। उहाँको कोचिङबारे मुकुन्द र मैले धेरै बेर गफ सुन्यौँ। किनभने गौरव दाई नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल्दादेखि नै टिममा हुनुहुन्थ्यो।

केही बेर गफिएपछि खाजा खान रेस्टुरेन्टतिर लाग्यौं। त्यहाँ खानाको शैली गज्जबको थियो। भलै नेपाली जिब्रोलाई बानी पर्न निकै समय लागोस्। टमाटर, लिफ लेटिसलगातयका ग्रिन भेजिटेबल नपकाई राखिएका थिए। ग्रिन भेजिटेबलको सुपमा भेजिटेबल पाकेकै हुन्थेन। गाह्रो पर्यो हामीलाई। भेजलाई त झन् कुरै नगरौँ। नचिनेको जातको खाना कुन भेज कुन ननभेज, छुट्याउनै गाह्रो।

खाने बेला केही सोध्नुपर्यो भने अर्को समस्या। हामी रसियन नबुझ्ने, उनीहरुलाई अंग्रेजीमा समस्या। रिसेप्सनमा बसेकालाई रेस्टुरेन्टमा ल्याएर सोध्न नमिल्ने! साह्रै सतायो भाषा समस्याले।

हाम्रा दाजुभाइ कुखुरा र खसीको मासुमा धेरै बल गर्ने। तर किर्गिस्थानमा भेडा र गाईको मासु सुलभ रुपमा पाइने रहेछ। तेस्रो दिन र नेपाली टिमका फिजियो आदर्श दाइ होटेलको खानाको व्यवस्थापन देखेर झोँक्किनुभएको थियो।

‘नेपाली शरीरलाई फिट हुने खानेकुरा बनाऊ’ भनेर दुई तीनपटक अनुरोध गरिसक्दा पनि बनाउन नसकेपछि त्यहाँको फुटबल युनियनकै सहारा लिनुपरेको थियो।

बल्ल आर्दशले होटेलका कर्मचारीलाई कुरा बुझाउन सकेपछि खाना नेपाली जिब्रोको बन्दै गयो। त्योपछिको कुरा हो।

तर होटेलले फरक तरिकाले आफूले दिने क्वालिटी भने मेन्टेन गर्यो। धेरै भात दिनु परेपछि उसले तीन प्रकारको भात पकाउन थाल्यो।

अर्को दिन नेपालले अर्को टिमसँग अर्को अभ्यास खेल्यो। त्यो दिन मैले तुलनात्मक रुपमा राम्रा फोटा खिचेँ भन्ने लाग्छ। खेलिसकेपछि हामीले समाचार नेपाल पठाइदियौँ। आहो ! मैले त आफ्नो अफिसका लागि पनि काम गर्नुपर्ने थियो।

त्यसैले एक जना खेलाडीको प्रोफाइल स्टोरी लेख्ने सोचेँ। टिममा राम्रो खेलाडी थिए विजय श्रेष्ठ। लिगमा पनि उनले बेस्ट फिक्सोको अवार्ड जितेका थिए। उनीबारे धेरैको चासो हुनसक्ला भन्ने सल्लाह गौरव दाइले दिएपछि विस्केक बसाइको एक दिन त्यसमै बिताए।

000

बिस्केक पुगेको तीन दिन भइसकेको थियो। तर कतै निस्कन पाएको होइन। त्यहाँ कुनै राम्रो ठाउँ घुम्न जाने योजना बनायौं। धेरै ठाउँ थिए घुम्न लायकको। मलाई भने मानसको अग्लो मूर्ति भएको ठाउँ जाने मन भयो।

के हो कसो हो थाहा पत्तो थिएन।

होटेलको रिसेप्सनमा बसेका एक जनालाई सोधेँ, ‘कहाँ हो त्यो ?’

‘धेरै टाढा छैन। तपाईं ट्याक्सी लिएर सजिलै जान सक्नुहुन्छ,’ उनले अंग्रेजीमा भनेको कुरालाई मैले यसरी बुझेँ। दुई दिनअघि अजिजले पनि मलाई यसै भनेका थिए। त्यति बेला मैले ट्याक्सी अर्डर गर्न लागि यान्डेक्स ट्याक्सी भन्ने मोबाइल एप डाउनलोड गरेको थिएँ। तर त्यसलाई चलाएको थिइनँ। आज चाहिँ ओपन गरेँ।


यान्डेक्सलाई काम गर्न सिम कार्ड (फोन नम्बर) चाहिने रहेछ, तर मसँग थिएन। अनि मैले भेफा सेन्टर गएर सिमकार्ड लिएँ। कार्ड लिन भाषाको समस्या थियो नै। तर बीचमा एकजना अंग्रेजी र रुसी जानेका मानिस भेटिए। उनले गर्दा केही सहज भयो।

उनलाई ट्याक्सी अर्डर गरिदिन अनुरोध गरेँ। उनले गरिदिएर भनेँ, ‘त्यहाँ बाहिर निस्किएर ट्याक्सी नम्बर खोज्नु भेटिन्छ।’ उनलाई मैले धन्यवाद भनेँ।

मुकुन्द र मैले धेरैबेर ट्याक्सि खोज्यौँ। अहँ भेटिएन। ड्राइभरको फोन पो आयो। लौ परेन फसाद ?

फोन उठाएर के भन्ने?

मैले उठाएर भेफा सेन्टर, गेट भनेँ। उनले खै के भने मैले बुझिनँ। मैले भनेको उनले बुझेनन्। मैले धेरै पटक भेफा सेन्टर भनेँ। उनले बोलेको वाक्यमा भेफा सेन्टर मात्र बुझेँ। अरु बुझिनँ।

एकजना अंग्रेजी बोल्ने मानिस भेट्दा हामीलाई देउता भेटेझैँ भयो। अब चाहिँ ढुक्कले ट्याक्सी अर्डर गर्यौं। पहिलो ट्याक्सी आइपुग्नै १० मिनेट लाग्ने भयो। क्यान्सिल गरेर अर्को गर्यौं। 

अर्थात् उनले भनेको मैले केही पनि बुझिनँ। दुई पटक फोनमा यस्तै भएपछि न हामीले ट्याक्सी भेट्यौं, न ड्राइभरले हामीलाई भेटे। उनले क्यान्सिल गरिदिए। यतिबेला हामी ट्याक्सी खोज्दै धेरैपटक यताउता डुलिसकेका थियौं। तर त्यो नम्बर फेला परेको थिएन।

मैले फेरि स्टेट हिस्ट्री म्युजियम सर्च गरेँ। अनि अर्को ट्याक्सी अर्डर गरेँ। अर्को पटक पनि त्यस्तै भयो। एकजनालाई गुगलमा त्यसरी नै भाषा ट्रान्सलेसन गराएर ट्याक्सी बोलाइदिन अनुरोध गरेँ। तर, त्यो ट्याक्सीले पनि प्लान क्यान्सिल गरिदियो।

हामी विकल्पहीन भएर बसिरहेको एक जनाले देखेछन्। आएर उनले हाम्रो समस्याबारे सोधे। मुकुन्द र म थियौं। हामीले सारा बेलिविस्तार लगायौं। 

एकजना अंग्रेजी बोल्ने मानिस भेट्दा हामीलाई देउता भेटेझैँ भयो। अब चाहिँ ढुक्कले ट्याक्सी अर्डर गर्यौं। पहिलो ट्याक्सी आइपुग्नै १० मिनेट लाग्ने भयो। क्यान्सिल गरेर अर्को गर्यौं। अंग्रेजी जान्ने देउताले फोनमा बात गरे। उनले ट्याक्सी बोलाइदिए। हामीलाई बस स्टेन्डमा जान भने। बस स्ट्यान्ड त्यहिँ अघि थियो। त्यहीँ ट्याक्सी आउने कुरा बताए। हामी नजिकै रहेको स्ट्यान्डमा पुग्यौं।

पाँच मिनेटसम्म ट्याक्सी आएन, बरु फोन नै पो आयो। हामी हेरेको हेर्यौ भयौं।

ती मानिस पनि हिँडिसकेका थिए। अब के गर्ने होला त? आपत् जस्तोको त्यस्तै रह्यो ?

हामीले ट्रायान्सलेटरकै सहयाताले एक जना मानिसलाई कुरा बुझाउन सफल भयौं। उनले निकैबेर कुरा गरेपछि आफ्नो पछि लाग्न भने। मुकुन्द र म उनको पछिपछि लाग्यौं। बाटो कटेर अर्कोपट्टि पुग्यौं।

‘लौ कता हिँडेको होला? ट्याक्सी पो स्ट्यान्डमा आउनुपर्ने हो नि,’ मैले आफैंलाई भनेँ। तर आफैं बोलाउन सक्ने गरिको भाषा थिएन। पछि लाग्नुको विकल्प थिएन। मोटा अग्ला मानिस अघिअघि, हामी पछिपछि।

केही पर पुगेपछि मैले यान्डेक्समा देखाएको नम्बर देखेँ। ती मानिस यताउता हेरिरहेका थिए। मैले ‘त्यो हो’ भनेपछि उनले ड्राइभरलाई केही कुरा भने। हामी गाडीमा बसेर हिँड्ने भयौं। पुग्ने लोकेसन पहिले नै म्यापमा सेट गरिसकिएको थियो।

बिस्केकमा डुल्ने हो भने ट्याक्सी भाडा चाहिँ सस्तो रहेछ। भाषा चाहिँ महँगो। मैले म्युजियम पुगेको १२९ सोम तिरेँ। हामी बिस्केकमा पहिलो पटक त्यसरी बाहिर निस्किएका थियौं। मलाई त्यो संग्रहालय (स्टेट हिस्ट्री म्युजियम) धेरै ठूलो लागेको थियो। तर त्यति ठूलो चाहिँ रहेनछ।

टिकट शुल्क ३०० सोम तिरेर भित्र पसेपछि त्यहाँको इतिहासबारे धेरै कुरा देखियो।


नेपालमा प्रयोग हुने खालको काठको हलो थियो त्यहाँ। त्यसमा प्रयोग हुने फाली, काँजो, अनौ सबै राखिएका थिए। ठूला ठूला माटाका भाँडाकुँडा, बञ्चरो थिए। किर्गिस्तिानमा पाइने विशेष किसिमका ढुंगा स्थानीय पेन्टिङ र उर्दू भाषामा लेखिएका पर्चा र किताब त्यहाँ थिए। चाँदीले बनेका गहना, घरबुना कपडा, किर्गिस्तान स्थापना हुँदा प्रयोग भएका वस्तुहरु संग्रहित रहेछन्।

संग्रहालयको एउटा रमाइलो कुरा फोटो जति पनि खिच्न पाइने रहेछ। स्मरण मैले मोबाइलमा केही तस्बिर कैद गरे।

मोबाइलको ब्याट्री १० प्रतिशतभन्दा तल झरिसकेको थियो। अनि होटेल फर्किनका लागि त्यो नै मुख्य हतियार थियो। मैले धेरै फोटा खिच्नै पाइन। करिब ६ बजेसम्म संग्रहालयमा बसेर हामी निस्कियौं।

मानस संग्रहालयको बाहिर त्यसरी नै घोडामा सवार थिए। त्यो विशाल आकृतिलाई पछि छोड्दै हामी अघि बढ्यौं।

प्रकाशित: May 03, 2022| 10:54 मंगलबार, वैशाख २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...