बुधबार, वैशाख १७, २०८२

नवौं राष्ट्रिय खेलकुदमा खेलाडी छनोटको तयारी सुरु

प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

गण्डकी- गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम हप्ता तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ। आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी शुरू गरिएको जनाएको छ।

प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट शुरू गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनोटको तयारी शुरू गर्न जिल्ला खेलकुदलाई सूचना पठाइएको बताए। उनका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि प्रदेशको टोली तयार गरिनेछ। 

जिल्लाबाट छनोट भएर खेलाडीको नामावली आइसकेपछि प्रदेशस्तरीय छनोट खेल सञ्चालन हुने र छनोट भएकाका लागि बन्द प्रशिक्षण सुरु गरिने परिषद्ले जनाएको छ। उनले भने, ‘हामीले प्रदेशका ११ वटै जिल्लाका खेलकुद समितिलाई खेलाडी छनोट गर्न सूचना गरिसकेका छौं, जिल्ला हुँदै प्रदेश छनोट भएर आयोजक प्रदेशको टोली तयार पारिनेछ।’

राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको गौरवको कार्यक्रम र खेलाडीको लागि महाकुम्भ रहेकाले यसलाई भव्यरुपमा सम्पन्न गर्न छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको गुरुङले बताए। नवौं राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ। यसपटक केही प्रदर्शनीका रूपमा खेल समावेश गरिने भएको छ। 

Metro Mart
worldlink

अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएपछि सरकारले जेठ अन्तिम साता गर्ने गरी तयारी अघि बढाएको हो। प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।

सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ताव पठाइएको  र राखेको प्राविधिक समितिले अनुगमन गरिसकेकाले पूर्वाधारको अवस्थालाई मध्यनजर गरी केही दिनमै खेलस्थल टुंगो लाग्ने समितिका कार्यालयका प्रमुख लक्ष्मण योगीले बताए।

राष्ट्रिय खेलकुदमा समावेश हुने ३६ खेलमध्ये स्वीमिङ र सुटिङको पूर्वाधार गण्डकी प्रदेशमा नभएकाले अन्यत्र लैजानुपर्ने हुनसक्ने राखेपले जनाएको छ।

प्रकाशित: Apr 30, 2022| 10:12 शनिबार, वैशाख १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।