बुधबार, वैशाख १७, २०८२

जेफालेको भीरमा जिन्दगी!

गाउँजति प्रिय अरू केही नै छैन, होइनजस्तो लाग्छ। कहिलेकाहीँ भीरको बाटासँग पनि सामीप्यता बढाऔँजस्तो लाग्छ।
 |  शनिबार, वैशाख १७, २०७९

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

शनिबार, वैशाख १७, २०७९

तिम्रा गोडा मनपराउँछु म 

केवल एउटै कारणले-

धर्तीभरि कताकता हिँडिरहे 

आँधी र पानीमा भौँतारिइरहे तिनीहरू 

मलाई नभेटुन्जेल।

Metro Mart
worldlink

(पाब्लो नेरुदा/अनुवाद: सुमन पोखरेल)

घडीमा बिहानको साढे चार बजेको छ। पुग्नु छ पाँच घण्टाको बाटो। मन भने हिजैदेखि पुगिसकेको थियो। मोरङको कर्णाली भनेर चिनिने केराबारी गाउँपालिकामा अवस्थित जेफालेमा १ वैशाखमा साहित्य-उत्सव थियो। उत्साहित उत्तिकै थिएँ। आफैंले पनि कविता सुनाउनु थियो। धेरैपछि साहित्यका साथीहरूसँग भेट हुने अवसर पनि। अनि केही वर्षअघिदेखि नै जान चाहेको ठाउँ। 

इटहरीबाट म एक्लो थिइनँ, कार्यक्रममा जाने। मसहित प्रख्यात कवि मनु मञ्जिल र बद्री भिखारी पनि सवार हुने कार्यक्रम थियो। साथमा गएका थिए साथीहरू आरबी कटुवाल र सुमन रेग्मी। पूर्व झापाबाट बिहानै आइपुगिसकेका थिए गजलकार लोकेन्द्र बञ्जारा र कृष्ण काश्यप। हामी इटहरीमा भेला भएर धरान, भेडेटार हुँदै जेफालेसम्मको यात्रा तय गर्न तयार भएका थियौं।

मोटरसाइकलले हामीलाई यात्रातर्फ जान अघि नै संकेत दिइसकेको थियो। सोही अनुरूप मोटरसाइकलमा बस्नेबित्तिकै हामीलाई दौडायो। 

एउटा मात्रै थिएन, जिन्दगी। एउटा, मात्रै थिएन पीर। बाटोको पीर त एकातिर छ, मान्छेको भने अर्कैतिर। यसो सोचेर ल्याउँदा पीरले कहिल्यै नछाड्ने। पीरसँगै जिन्दगी पनि भीरको बाटोमा दौडिरहेको थियो, घोडाको गतिमा।

जेफालेको यात्रामा हिँडिसकेपछि एकलट भेडेटारको चिसो हावासँगै चिया र नरिबल बिस्कुटको स्वाद जिब्रोले पायो। त्यसपछि त निकैबेर धूलो मात्रै पायो, शरीरले पनि। अनेकौ समयपछि हामी धनकुटाको राजारानी ताल पुगेका थियौँ। त्यहाँ कवि मनु मञ्जिलको पर्खाइमा थियौं। 

भीरको बाटासँगको साक्षात्कार र सामीप्यता पहिलो भने थिएन। यसअघि पनि थुप्रै–थुप्रै भीरको बाटाको यात्रा तय गरिसकेको थिएँ। त्यसैले मलाई यात्रामा रत्तिभर डर थिएन, बरू मसँगै वा भनौं एउटै टोलीमा गएका अन्य मानिसहरूको भने पीर बढिरहेको थियो। म त गाउँमै हुर्किएको, पहाडकै भीरसँग लुकामारी खेलेर जवान भइसकेको छु। 

गाउँ जत्ति प्रिय अरू केही नै छैन, होइनजस्तो लाग्छ।  कहिलेकाहीँ भीरको बाटासँग पनि सामीप्यता बढाऔँजस्तो लाग्छ। 

जेफाले
घरिघरि पारी देखिने छाप्रा पनि आफ्नै मामाघरजस्तै लाग्थ्यो। कवि बद्री भिखारीलाई खुसुक्क भन्थेँ, 'त्यो माथि देखिएको घर त मेरो मामाघर जस्तै लाग्यो दाइ। कतै मामाघर नै त जादैँ छैन म?' 

उनीबाट कुनै उत्तर आउँदैनथ्यो, आउँथ्यो त केवल एउटा स्निग्ध मुस्कान। हामी केहीबेरको थकान मेटिएपछि जेफालेतर्फ नै मोडियौँ। जेफाले पुग्नुअगावै स्थानीय मानिसहरूसहित आयोजक साथीहरू स्वागत गर्न लालायित देखिन्थे। हामी पुगेको केहीबेर थकाई मारेर खानपिन गरेपछि कार्यक्रमस्थलतर्फ मोडिइसकेका थियौँ। 

त्यहाँ हरेक वर्ष वैशाखको समयमा मेला लाग्ने, खेलकुदका गतिविधि हुने तथा पछिल्लो समय साहित्यिक अभियन्ता युवराज ठकुरीको सक्रियताले साहित्यमा नयाँ आयाम थप्ने उद्देश्यले यस्ता किसिमका कार्यक्रमहरू भइरहेकाले पर्यटन क्षेत्रमा सकारात्मक रूपमा फड्को मारिरहेको जानकारी पाएपछि मन प्रफुल्लित बन्यो। 

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवम् स्थानीयको उपस्थितिले आयोजकहरूको मुहारमा सकारात्मक प्रभाव पारेको महसुस गर्न सकिन्थ्यो।  सात कविका कविता र सात गजलकारका गजलले अतिथि मात्र होइन, उपस्थित स्थानीयहरू समेत मन्त्रमुग्ध देखिन्थे। स्थानीय पर्यटन प्रवर्धनका लागि गरिएको उक्त नौलो अभ्यास साँच्चै साहित्य र पर्यटनको श्रीवृद्धिका लागि गरिएको भन्ने बुझेको थिएँ। कार्यक्रममा कवि राज माङ्लाक, केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेल र पर्यटनकर्मी डिल्लिराम शर्मा अधिकारीले 'पर्यटन साहित्य किन र केका लागि' भन्ने शीर्षकमा बहस गरेका थिए भने युवराज ठकुरीले सहजीकरण गरे।

घरिघरि पारी देखिने छाप्रा पनि आफ्नै मामाघरजस्तै लाग्थ्यो। कवि बद्री भिखारीलाई खुसुक्क भन्थेँ, 'त्यो माथि देखिएको घर त मेरो मामाघर जस्तै लाग्यो दाइ। कतै मामाघर नै त जादैँ छैन म?' 

'पर्यटनको विकास गर्नका लागि साहित्यिक उत्सवका कार्यक्रमको सुरूआत हुनु राम्रो पक्ष हो,' कवि माङ्लाकले अगाडि थपे, 'नेपालमा पर्यटनका थुप्रै सम्भावनाहरू छन्, तर हामीले एउटा यात्रा संस्मरण समेत लेख्न नसक्दा पर्यटनको विकास हुन सकेको छैन।' 

आयोजक केराबारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू र जेफाले सिर्जना डबलीको संयोजनमा भएको कार्यक्रममा पटकपटक मैले आफ्नो गाउँलाई सम्झिएँ।  साँझ गजलकार रोमु अधिकारी, मनोज खड्काको सुन्दर स्वरमा गुञ्जिएको लोकदोहोरी र रोशन परियारले बजाएको मादलको धूनले अझ स्मरणीय बनायो यात्रा। जेफाले सामुदायिक होमस्टेमा भएको बसाइ साँच्चै सार्थक बन्यो। सबैभन्दा राम्रो कुरा त स्थानीय सामुदायिक होमस्टेमा लोप हुँदै गएको मादलदेखि अन्य इतिहास र संस्कृति झल्किने किसिमका बाजागाजाका सामग्रीहरूले घरीघरी मुस्कुराएँ, घरीघरी एक्लै भावुक बनेँ। 

'घामले पनि असारमा पोल्दैन, हामीकहाँ सिस्नु र ढिढो पनि खान पाइन्छ,' हँसिलो अनुहारमा होमस्टे सञ्चालक यदुनिधि अधिकारी नाचिरहेको छेउमै आउँथे र भन्थे, 'हामी गेष्टहरूलाई वेलकम पनि गर्छौँ र यात्रा सुखद् रहोस् भनेर बिदाइ पनि गर्छौँ।'

साँझको बसाइ नै छुट्टै। अहो ! उता मादलको तालमा लोकदोहोरी। त्यसमा पनि नाचगान बेग्लै किसिमको, खुबै मज्जा भइरह्यो। सँगै गएका साथीहरू पनि कोही गायनमा, कोही बाजागाजामा साथ दिइरहेका थिए।

कवि तथा चित्रकार मुकुन्द प्रयास मेरो छेउमै बसेर मुस्कुराइरहन्थे। म रमाइरहेको दृश्य देख्दा सायद आफ्नै छोराजस्तै सम्झिएर पो हो कि कुन्नि, भिखारी मुस्कुराएका! मैले त्यही बुझेँ, सायद गलत नहुन पनि सक्छ। मलाई पनि त्यसबेला भिखारी आफ्नै बा जस्तै लाग्यो। मेरा बाकै जस्तो हेराइ, बाकै जस्तो हाँसो, बाकै जस्तो हृदय र बाकै जस्तो मन पनि हुँदो हो, उनको। 

दोहोरी, गीत-संगीतमा सबैजना यसरी झुम्यौं कि, होमस्टे सञ्चालकले खाना खान आमन्त्रण गरेपछि मात्र रातको दश नाघिसकेको भन्ने थाहा पायौं। अहो, खाना पनि कति स्वादिष्ट। सायद जेफालेको माया अनि होमस्टेको सत्कार मिसिएर होला।

छुटाउनै नहुने र छुटाएको भए जिन्दगीको एउटा मीठो कथा सधैँभरी 'मिस' हुने उक्त कार्यक्रमले साहित्य लेखनमा थप अभिप्रेरित गरेको छ। यसको श्रेय जानेछ स्थानीय मानिसहरूलाई। उक्त नौलो अभ्यासका निम्ति गजलकार युवराज ठकुरी, नवीन थापा क्षेत्री, अस्मिता भट्टराई लगायतको सक्रियता लोभलाग्दो छ। 

साँझको बसाइ नै छुट्टै। अहो ! उता मादलको तालमा लोकदोहोरी। त्यसमा पनि नाचगान बेग्लै किसिमको, खुबै मज्जा भइरह्यो। सँगै गएका साथीहरू पनि कोही गायनमा, कोही बाजागाजामा साथ दिइरहेका थिए।

भोलिपल्ट बिहान। जेफालेको भ्युटावर अवलोकन गर्न जानु थियो। हत्तपत्त मोबाइलमा टावर नटिप्ने उक्त ठाउँबाट पूर्वी नेपालका १६ वटा जिल्ला अवलोकन गर्न सकिने स्थानीयले सुझाएका थिए। 

एक हजार पचास खुट्किला पार गरेर जानुपर्ने भ्यु टावर पुग्नु अगावै भर्खरै फुल्दै गरेको चुथ्रो हेर्दै–हेर्दै गयौँ। सम्झिएँ, गाउँमा पत्करको भारी लगाउँदा चुथ्रोको बोटसँग लुकामारी गरेको, सम्झिएँ भोकले अंगालेको बेला चुथ्रोको खाजा खाएको। जंगलैभरी पत्कर (गाइवस्तुलाई ओछ्याउने रूखका सुकेका पात) सोहर्न जाँदा काँडाले घोचेको पनि प्रवाह नगरी चुथ्रो टिपेर खाएको सम्झेँ र एकफेर पुनः बालापनको यादमा डुबुल्की मारेँ। 

फर्किने बेला होमस्टे सञ्चालक उनै अधिकारी दम्पत्तिले रातो अबिर लगाएर दश रूपैयाँको नोट हातमा थमाउँदा आँखा एकनासले टोलाइरह्यो। होमस्टेको आतिथ्यता मात्रैले पनि होइन, त्यहाँको रहनसहन र आमन्त्रितहरूलाई गरिने व्यवहारप्रति म त निकै धेरै भावुक बनेछु। 

आहा जेफाले! हृदयले गरिएको सत्कार, भौगोलिक विविधताले सुन्दर ठाउँ र स्थानीयहरूको कोमल मन। मोटरसाइकल स्टार्ट गरेर तल, निकै तल ओरालो झरिसकेपछि पनि जेफालेलाई पछ्याइरहे आँखाले। मनले त हिजै राखिसकेको थियो, गाउँ र गाउँका मानिसहरूलाई। 

निकैबेरसम्म आँखाले चहारिरहेँ, तल-तलसम्म पुग्दा पनि।

प्रकाशित: Apr 30, 2022| 19:23 शनिबार, वैशाख १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...