आइतबार, जेठ २६, २०८२

८२९ पदका लागि मोरङमा ४ हजार ३६१ जनाको उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

विराटनगर– यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ। वैशाख ११ र १२ गते दुई दिन गरी १७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र १५९ वडामा गरी ४ हजार ३६१ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। 

विराटनगर महानगरपालिका सहित ९ नगर प्रमुख पदका लागि ८६ र ८ वटा गाउँपालिका अध्यक्ष पदका लागि ६३ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताए। उनका अनुसार उपप्रमुखमा ७७ र उपाध्यक्षमा ५२ जनाको उम्मेदवारी परेको छ। १५९ वडाध्यक्षका लागि १ हजार १, महिला वडा सदस्यमा ७५४, दलित सदस्यमा ६९६ र खुल्ला सदस्यमा १ हजार ६३२ जनाले उम्मेदवारी दर्ता गरेको सूचना अधिकारी अधिकारीले बताए। 

यसैगरी प्रदेश १ का १३७ पालिकाको प्रमुखमा ९ सय ८ जनाले उम्मेदवारी दिएका छन्। एक महानगरपालिका, २ उपमहानगरपालिका र ४६ नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनेको संख्या चार सय १९ पुगेको छ। ८८ गाउँपालिकाको अध्यक्षमा चार सय ८९ जनाले उम्मेदवारी दिएका छन्। उपमेयरमा तीन सय ११ र उपाध्यक्षमा तीन सय ९१ गरेर पालिकाको उपप्रमुखमा सात सय दुई जनाले मनोनयन दर्ता गराएका छन्।

प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेको संख्या एक हजार छ सय १० पुगेको छ। वडाध्यक्षमा पाँच हजार १७, महिला सदस्यमा तीन हजार आठ सय, दलित महिला सदस्यमा तीन हजार चार सय चार र खुला सदस्यमा आठ हजार ४८ जनाले उम्मेदवारी दिएका छन्। 

प्रदेश १ भरिबाट २१ हजार आठ सय ७९ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए। उनका अनुसार अझै पनि प्राविधिक हिसाबका केही काम बाँकी रहेकाले उम्मेदवारी दिनेको संख्या बढ्न सक्छ।

प्रकाशित: Apr 26, 2022| 15:56 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।