आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देहीमा एकीकृत समाजवादी एक्लै लड्ने, बुटवलमा मात्रै गठबन्धन

रुपन्देहीमा एकीकृत समाजवादी एक्लै लड्ने, बुटवलमा मात्रै गठबन्धन

बुटवल उपमहानगरको बारेमा पार्टी केन्द्रले गठबन्धन दलहरुसंग भागबण्डामा सहमति गरेकाले त्यहां गठबन्धन हुने तर अन्य १३ वटा पालिकामा एक्लै चुनाव लड्ने पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङले बताए।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

बुटवल- रुपन्देहीका १६ पालिका मध्ये बुटवल उपमहानगरपालिका वाहेकका १३ पालिकामा नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने भएको छ। 

बुटवल उपमहानगरको बारेमा पार्टी केन्द्रले गठबन्धन दलहरुसंग भागबण्डामा सहमति गरेकाले त्यहां गठबन्धन हुने तर अन्य १३ वटा पालिकामा एक्लै चुनाव लड्ने पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङले बताए। 

गठबन्धनको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल माओवादी केन्द्र  गठबन्धनप्रति इमान्दार नभएकाले छुट्टै चुनाव लड्ने निश्कर्षमा पुगेको गुरुङले बताए।

'बुटवलमा गठबन्धनलाई इमान्दारितापुर्वक अघि बढाउंछौं तर अरु १३ पालिकामा एक्लै लड्छौं,' गुरुङले भने 'जुन पार्टीले सडकमा रहेको दललाई सरकार र शक्तिमा पुर्‍यायो त्यसलाई बिर्सेर जिल्ला तहमा हामीलाई बाइपास गर्ने काम भयो।' रुपन्देहीमा जनता समाजवादी पार्टीले पनि ५ दलीय गठबन्धनबाट अगल भई एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ।

प्रकाशित: Apr 25, 2022| 12:25 सोमबार, वैशाख १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।