बिहीबार, असार ५, २०८२

टिकट नपाएपछि दल त्याग्ने र फेर्नेको लर्को

नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा लगायतका दलका नेताहरुले टिकट नपाएकै निहुँमा पार्टी त्याग्ने र परिवर्तन गर्ने गरेका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, वैशाख ११, २०७९

बुटवल– स्थानीय तह निर्वाचनको मुखैमा दल बदल्ने र पार्टीबाट राजीनामा दिनेहरुको लर्को नै देखिएको छ। राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको रुपन्देहीमा सबैजसो राजनीतिक पार्टीमा यस्तो प्रवृत्ति देखा परेको हो। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा लगायतका दलका नेताहरुले टिकट नपाएकै निहुँमा पार्टी त्याग्ने र परिवर्तन गर्ने गरेका छन्। 

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव आईतबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए।  एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य समेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन्। 

नेता यादवलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाहीले पार्टीमा स्वागत गरेका छन्। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) मनमोहन चौधरीले मनोनयनको एक दिनअघि अर्थात शनिबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) प्रवेश गरे। २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका चौधरी अघिल्लो महिना मात्रै जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रवेश गरेका थिए। 

जनता समाजवादी पार्टीबाट पुनः मेयरको उम्मेदवार हुने गरि प्रवेश गरेका उनी एक महिना पनि त्यहाँ टिक्न सकेनन्। जसपा छाडेका उनी लोसपाबाट पुनः मेयरका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर उठ्दैछन्। 

लुम्बिनी क्षेत्रमा राम्रो पकड भएका उनले दल बदलेपछि त्यस क्षेत्रको राजनीतिमा तरंग पैदा भएके छ। एकाएक दल परिवर्तन गरेपछि उनकै सारथीले समेत आश्चर्य मानेका छन्।  चौधरी लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्लाको उपस्थितीमा काठमाडौं पुगेर लोसपा प्रवेश गरेका हुन्। 

शुक्रबार मात्रै कांग्रेसले मेयरको टिकट नदिएपछि नेपाली कांग्रेसका पुराना नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरे। कांग्रेस रुपन्देही क्षेत्र न.३ का पूर्व सभापती यादव २०७४ सालको निर्वाचनमा पनि सिद्धार्थनगर भैरहवाको मेयरमा उठेर पराजित थिए। यो पटक पनि मेयरका आकाक्षी उनलाई कांग्रेसले मेयरमा सिफारिश नगरेपछि असन्तुष्ट हुँदै पार्टी त्यागेका हुन्। उनी जनता समाजवादी पार्टीबाट सिद्धार्थनगरमा मेयरमा उठ्ने निश्चित भएपछि पार्टी प्रवेश गरेका हुन्। 

त्यसो त कांग्रेसका यादवमात्रै होइन, उम्मेदवारको टिकट नपाएपछि पार्टी छाड्नहरुको रुपन्देहीमा लामै लिस्ट छ। नेकपा एमालेका रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रिय ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य बाबुलाल यादव पनि असन्तुष्ट हुँदै पार्टी परित्याग गरेका छन्। 

नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा लगायतका दलका नेताहरुले टिकट नपाएकै निहुँमा पार्टी त्याग्ने र परिवर्तन गर्ने गरेका छन्। 

शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमाले नेता यादवले साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग गरेको बताए। सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका अकांक्षी यादवले जिल्ला तहका नेताबाट असहयोग भएको आरोप लगाए। ‘पार्टी विधि विपरित चल्यो, एक दुई जनाको इशारामा टिकट बाँड्ने कामको साक्षी बस्न सकिन,’ यादवले भने–‘पार्टीका त्यस्ता नेतालाई मैले खुशी पार्न सकिन, त्यहाँ बस्न पनि सकिन।’ 

उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताए। यादवले एमालेले कम्युनिष्ट आचरण त्यागेको समेत आरोप लगाए। बाबुलाल एमालेका पुराना नेता हुन्। एमालेबाट राजीनामा दिए पनि अन्य पार्टी प्रवेश नगर्ने उहाँको तर्क छ। 

शुक्रबार नै बुटवलको नगरप्रमुखको उम्मेदवार सिफारिसमा एकलौटी भएको आरोप लगाउंदै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पनि पार्टी परित्याग गरेका छन्। जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन्। लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय  सभापति बनेका थिए। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति समेत रहेका उनी पार्टीभित्र संस्थापन इतरका हुन्।

संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई नगर समितिले सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि लम्साल असन्तुष्ट बनेका थिए। पार्टी सभापति रामकृष्ण खाणले लम्सालले राजीनामा पत्र दिएको बताउँदै त्यसबारेमा तत्काल केहि निर्णय नगरिएको बताए। उनले राजनीतिमा धैर्यता आवश्यक पर्ने बताउँदै राजीनामाबारे जिल्ला कमिटिमा छलफल पछि मात्रै के गर्ने भन्ने निर्क्योल हुने बताए। 

त्यस्तै नेकपा माओवादी केन्द्र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष सहाबुद्दिन देवान आफ्नो टिम सहित नेपाली कांग्रेस प्रवेश गरेका छन्। शुक्रबार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर ४ का सांसद एवा नेपाली कांग्रेसका नेता प्रमोद यादवले देवानको टिमलाई कांग्रेस प्रवेश गराएका हुन्। 

देवानसँगै नेकपा माओवादी केन्दसम्मरीमाई गाउँपालिकाका उपाध्यक्ष अहमद हुसेन देवान (जाकिर), अदहम अलि देवान (बुलबुल)ले पनि नेपाली कांग्रेसको सदस्यता लिएका छन्। मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष समेत रहेका माओवादी नेता देवानले माओवादीमा ३० बर्ष देखी काम गरेको र अहिले पार्टीमा बेईमानी र पुँजीवाद हावी भएको आरोप लगाए। 

त्यस्तै कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति बनिया राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन्। जसपा परित्याग गरी उनी शनिबार राप्रपामा प्रवेश गरेकी हुन्।

गत स्थानीय तहको निर्वाचनमा बनिया तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। मर्चवारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शैलेष कुमार श्रीवास्तव पनि जसपा परित्याग गरी राप्रपा प्रवेश गरेका छन्। करिब एक महिना अघि उनी जसपामा प्रवेश गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा श्रीवास्तव स्वतन्त्र उम्मेदवार भइ वडाध्यक्षमा निर्वाचित भएका थिए। राप्रपाले उनलाई मर्चवारी–४ को वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ। 

करिव २ महिना अघि रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु (जितेन्द्रनाथ) शुक्ला माओवादी पार्टी प्रवेश गरे। उनी गत निर्वाचनमा फोरमबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।  निर्वाचनमा एमालेबाट टिकट पाउने र निर्वाचन जित्ने छनक नदेखेपछि माओवादी प्रवेश गरेका हुन्। 

ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट‘राहुल’ माओवादी छाडेर एमाले प्रवेश गर। त्यस्तै रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव  नेकपा एमालेमा प्रवेश गरेका छन्। यादव तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन्। त्यसैगरि ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरीमती कुमारी हरिजन पनि एमालेले प्रवेश गरेकी छन्।  उम्मेदवार हुन नपाएपछि अर्को पार्टी प्रवेश गर्ने कुरा त्यति नयाँ होइन। तर, यसरी मुखैमा दल त्यागेर अर्को पार्टी प्रवेश गरेर टिकट लिनुले नेपाली राजनीति कतिसम्म विकृत छ भन्ने प्रष्ट पारेको छ। 

प्रकाशित: Apr 24, 2022| 17:13 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।