बिहीबार, जेठ २, २०८२

सिलौटाझैं पिसिएका राम सोहन

‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’
 |  सोमबार, वैशाख १९, २०७९

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– बहुसंख्यक नेपालीको भान्सामा तरकारी बनाउन जिरा, मरिच, लसुन, खोर्सानीको प्रयोग हुन्छ। यस्ता मरमसला मसिनो बनाउन परम्परागत रूपमै सिलौटा र लोहोरोलाई प्रयोग गरिँदै आएको पाइन्छ। अचेल सहर–बजारमा बिजुलीबाट चल्ने मिक्स्चर आएपनि अचार बनाउन, मसला पिस्न प्रायः सिलौटाकै प्रयोग हुन्छ। 

ग्रामीण क्षेत्रमा सित्तैमा पाएने सिलौटा सहरमा भने पैसा तिरेर किन्न खोज्दासमेत हत्तपत्त पाइँदैन। चाबहिलको ओरालोमा भने लहरै बेच्न राखिएका सिलौटाहरू पाइन्छन्। पत्थरकट्टाहरू सडकछेउमै बसेर छिनो, घन हानेर ढुंगा कुँदिरहेका हुन्छन्। साधारण ढुङ्गालाई आकार दिएर बाटुलो सिलौटो बनाउन व्यस्त यी पौरखीहरू दिनभरिको घामपानी नभनी काममा खटिन्छन्।

२७ वर्षीय राम सोहन हरेक दिन बिहान आठ बजेदेखि बेलुकीको सात बजेसम्म त्यही ओरालोमा घन कुटिरहेका हुन्छन्। उनले सिलौटो, लोहोरो, ओख्ली आदि बेच्न थालेकै डेढ दशक भयो। दिनमा चारदेखि छवटा सम्म सिलौटो बनाउँछन् र बाँकी समयमा ओखली बनाउन व्यस्त हुन्छन्। दिनको चर्को घाममा छाता ओढेर पनि ढुङ्गालाई सिलौटाको आकार दिन्छन्। खाना खान कोठामा जाँन पनि भ्याउँदैनन् उनी। खाना होटलमा खान्छन् र आफ्नो काममा पुनः फर्कन्छन्। 

‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’

सिलौटो, लोहोरो बनाउन चाहिने ढुङ्गा उनले पनि अर्को व्यापारीसँग किन्नुपर्छ। बनारस, जनकपुरदेखि त्यस्ता बलिया ढुङ्गा आइपुग्छ। राम सोहन परिवारसँग नयाँ बसपार्कमा डेरा गरी बस्छन्। उनको छोरी दश वर्षकी र छोरा सात वर्षको भए। छोराछोरीको विद्यालय शुल्क प्रतिमहिना चार हजार तिर्छन्। काठमाडौंको महँगीमा एक्लो कमाइले परिवार चलाउन हम्मेहम्मे परेको छ उनलाई। त्यसैले शनिबार पनि आराम नगरी काम गर्छन्। 

Metro Mart
worldlink

सोहनले बाह्र वर्षको उमेरदेखि नै घन र छिनो समाते। पुर्ख्याैली पेशा पेशा नै सिलौटो बनाउने भएकाले उनले पनि सानैबाट सिके। सामान्य अक्षर मात्रै चिनेको रामको लागि परम्परागत पेशा गर्नुबाहेक अर्को बिकल्प छैन। ‘सानैदेखि सिलौटो बेच्न थालेँ। गाँउमा दाइले पनि यही काम गर्नुहुन्छ। बुबाले पनि जिन्दगी भर यहि काम गरेर संसारबाट बिदा लिनुभयो,’ उनी सुनाउँछन्।

‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’

सोहनको घर रूपन्देहीमा पर्छ। सोह्र वर्षकै उमेरमा उनको विवाह भयो। विवाह पछि उनी श्रीमतीलाई लिएर काठमाडौं आए। गाउँका छिमेकीले पनि यहि काम गर्ने भएकाले उनिहरूकै रेखदेखमा चाबहिलको सडकमा उनले सिलौटो बेच्न थाले। उनले त्यहीँ बसेर सिलौटा बेचेको पनि दश वर्ष पुगिसकेको छ। भन्छन्, ‘पहिले दिनको दशवटा सिलौटा बिक्थे अहिले मुस्किलले पाँचवटा बिक्छ,’ उनि आफ्नो अनुभव सुनाउछन्। सन्तान हुर्कदै जाँदा बढ्दै गएको आवश्यकता पूरा गर्न उनलाई मुस्किल हुन थालेको छ। 

मिक्स्चरको प्रगोय बढ्न थालेपछि सिलौटोको व्यापार घटेको उनको गुनासो छ। सिलौटोमा पिँधेको मसलाले खानाको स्वाद बढाउँछ। खाना पकाउने ज्ञान भएको मानिसहरू मेसिनले पिसेको भन्दा हातैले पिसेको खान रूचाउँछन्। भन्छन्, ‘सादा सिलौटोमा मसला मसिनो हुनेगरि पिस्न गाह्रो हुने र बुट्टा भएकोमा सजिलो हुन्छ। सिलौटोको बुट्टा दुई वर्षभन्दा बढी बस्छ। मानिसलाई सादा भन्दा बुट्टेदार कुराहरूले आकर्षण गर्छ।’ 

उनलाई पनि हातैले पिसेको मसला हालेर बनाएको तरकारी मन पर्छ। घरमा आफैंले कुँदेको सिलौटो र ओखलीको प्रगोग गर्छन्। मसला पिस्न सजिलो हुनेगरी कुनै सिलौटामा मसिनो बुट्टा त कुनैमा गहिरो डोब कुँद्छन्। ग्राहकलाई देखाउन सजिलो होस् भनेर घरमा चार–पाँच प्रकारको सिलौटा राखेका छन्। 

सडकमा व्यापार गर्न सजिलो नभएको उनी सुनाउँछन्। नगरपालिकाले समय–समयमा आएर दुःख दिने भएकाले थोरै सामान मात्र बेच्न ल्याउँछन्। बेलुका बाँँकी रहेको सामान चाबहिलकै साहुको गोदाममा थन्क्याउँछन्। दिनभरि घन चलाँउदा उठेको ठेला र थकानको भन्दा पनि व्यापार कति हुन्छ भन्ने पिरले सताउँछ। ‘व्यापार भएको दिन त थकाइ पनि बिर्सिन्छ नभएको दिन केटाकेटी सम्झेर निराश भइन्छ’, सोहन भन्छन्।                  


  


प्रकाशित: May 02, 2022| 05:57 सोमबार, वैशाख १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।