मंगलबार, वैशाख १६, २०८२

विराटनगर कांग्रेसले गठबन्धनको निर्णय नमान्ने

सिट बाँडफाँडका लागि गठबन्धनले गरेको सहमतिप्रति आपत्ति जनाउँदै विराटनगरमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने नगर सभापति दीपक चापागाईँले बताए।
 |  बिहीबार, वैशाख ८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, वैशाख ८, २०७९

विराटनगर- नेपाली कांग्रेस विराटनगर महानगर समितिले गठबन्धनको निर्णय नमान्ने भएको छ। सिट बाँडफाँडका लागि गठबन्धनले गरेको सहमतिप्रति आपत्ति जनाउँदै विराटनगरमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने नगर सभापति दीपक चापागाईँले बताए। 

गठबन्धनको भागबण्डामा उपप्रमुख पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि विराटनगर कांग्रेसले विरोध गरेको हो। नगरसभापति चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। उनले भने,‘ उपप्रमुख अर्कौलाई सुम्पने निर्णय गठबन्धनले गरेको पार्टीले हैन।’ 

गठबन्धनको निर्णय केन्द्रीय कार्यसमिति, सम्पादन समिति र संसदीय बोर्डबाट पास भए  वडा समिति सभापतिहरूसँग छलफल गरेर नयाँ धारणा सार्वजनिक गरिने उनले बताए। विराटनगरमा कांग्रेसको संगठन मजबुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको भनाई छ। 

२०७४ को स्थानीय निर्वाचनमा विराटनगरको प्रमुख र उपपप्रमुख सहित ७ वडाध्यक्ष कांग्रेसले जितेको थियो। 

महानगरको प्रमुख र उपप्रमुखमा आकांक्षा राख्नेहरूको नाम केन्द्रीय समितिमा बुझाई सकिएकाले गठबन्धनको निर्णय नमानिने उनले बताए। महानगर समितिले प्रमुखमा डा.डिला संग्रौला, अमृत अर्याल, नागेश कोइराला, भीम पराजुली, इन्दिरा कार्की, दीपक चापागार्ई र गोपाल रेग्मी र उपप्रमुखमा नीरज कोइराला, झुमा गौतम, प्रमीला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम केन्द्रीय समितिमा सिफारिस गरेको   छ।

Metro Mart
worldlink

प्रकाशित: Apr 21, 2022| 06:57 बिहीबार, वैशाख ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।