आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मेयरमा पाण्डेको मात्रै नाम सिफारिस भएपछि बुटवल कांग्रेसमा विवाद

मेयरमा पाण्डेको मात्रै नाम सिफारिस भएपछि बुटवल कांग्रेसमा विवाद

नेपाली कांग्रेस बुटवल उपमहानगरबाट मेयरमा खेलराज पाण्डेको मात्रै नाम सिफारिस भएपछि कांग्रेसभित्र विवाद सुरु भएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

बुटवल– नेपाली कांग्रेस बुटवल उपमहानगरबाट मेयरमा खेलराज पाण्डेको मात्रै नाम सिफारिस भएपछि कांग्रेसभित्र विवाद सुरु भएको छ। निर्णय सार्वजनिक भएसँगै मेयरका आकांक्षीसहित बुटवलका १७ जना नेताले असन्तुष्टि पोखेका छन्। 

सोमबार सम्पन्न बुटवल उपमहानगर कमिटी बैठकले नगर सभापतिसमेत रहेका पाण्डेको नाममात्रै नगर  प्रमुख (मेयर) का लागि सिफारिस गर्ने निर्णय गरेको थियो। उपप्रमुखमा भने ८ जनाको नाम सिफारिस गरेको छ। 

पाण्डे यसअघि २०७४ सालको निर्वाचनमा पनि मेयरमा उठेर एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए। पार्टीका नेताहरुसँग छलफल नै नगरी एकलौटी निर्णय गरेको भन्दै क्षेत्रीय कमिटी सभापतिसमेत रहेका हरि लम्सालसहित १७ जना नेताहरुले सिफारिस बदर गर्न माग गरेका छन्। लुम्बिनी प्रदेशसभा समितिलाई उपमहानगरको निर्णय बदरको माग गर्दै उनीहरुले निवेदन दिएका हुन्। 

क्षेत्रीय सभापति लम्सालसहित चुन्नुप्रसाद पौडेल, महेशमान सिंह, नेपाली कांग्रेस क्षेत्रीय समितिका उपाध्यक्षहरु खडकबहादुर महत र फर्सुराम ढकाल, जनक कोइराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, रविन्द्र श्रेष्ठ, जितबहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराई, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ, मुक्ति अधिकारी र जोग बहादुर खत्रीले विरोध गरेका हुन्। यसमध्ये ढकाल, पौडेल, मल्ल र नरिश्वर पौडेलको हस्ताक्षर छैन।

‘पदको दुरुपयोग गरी एकलौटी रुपमा खेलराज पाण्डेले मेयर र अन्य आकांक्षीहरुसँग छलफल नगरि निर्णय गरेकाले ध्यानार्कषण भएको छ,’ लुम्बिनी प्रदेश समितिलाई दिइएको निवेदनमा उल्लेख छ। कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालले स्थानीय तहको निर्वाचनमा सबै पक्षलाई मिलाएर लैजानुपर्नेमा एकलौटी रुपमा कसैलाई जानकारी नदिई गरिएको निर्णय आफूहरुले नमान्ने बताए। ‘यो निर्णय कसैलाई मान्य छैन, खारेज हुनुपर्छ,’ उनले भने। लम्साल समेत बुटवलको नगर प्रमुखका दावेदार हुन्। 

Metro Mart
worldlink

बुटवल उपमहानगरका १९ वटै वडा सभापतिसहितको बैठकले नगर प्रमुखमा पाण्डे तथा उपप्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको थियो।

प्रकाशित: Apr 19, 2022| 17:27 मंगलबार, वैशाख ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।