मंगलबार, वैशाख १६, २०८२

विराटनगर महानगरको मेयरमा कांग्रेसबाट यी हुन् ७ जना आकांक्षी

विराटनगरको प्रमुखका लागि केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, वर्तमान नगर प्रमुख भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय अधिकृत गोपाल रेग्मी र वर्तमान उपप्रमुख इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, वैशाख ३, २०७९

विराटनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस महानगर समितिले प्रमुखमा ७ र उपप्रमुखमा ११ जनाको नाम सिफारिस गरेको छ। 

विराटनगरको प्रमुखका लागि केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, वर्तमान नगर प्रमुख भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय अधिकृत गोपाल रेग्मी र वर्तमान उपप्रमुख इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ। 

 उपप्रमुखमा १२ जना आकांक्षी भए । उपप्रमुखमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल, राजु मास्के र सूची चौधरीको नाम सिफारिस गरिएको महानगर सभापति दीपक चपागाईंले जानकारी दिए। चौधरी ०७४ को निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकबाट उपप्रमुखमा उपाजित भएकी हुन्।

चपागाईंका अनुसार प्रमुख र उपप्रमुखका सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको उनले बताए। सभापति चापागाईंसहितको टोली काठमाडौं पुगेर महानगरका तर्फबाट सिफारिसमा परेकाको नामावली बुझाएको हो। 

Metro Mart
worldlink
  कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई नामावली बुझाउँदै कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं। 

सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेलको प्रयास भइरहेका बेला कांग्रेसले भने एकल रूपमा पार्टीको केन्द्रीय समितिलाई प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको हो। पार्टीका महानगर सभापति चापागाईंले विराटनगरमा कुनै दलसँग तालमेल नहुने र कांग्रेस एक्लै चुनावमा जाने स्पष्ट पारे। 

यसअघि कांग्रेसबाटै भीम पराजुलीले एमालेका विनोद ढकाललाई ५ हजार ६९० मत अन्तरले पराजित गर्दै विराटनगरको प्रमुखमा विजयी भएका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा विना तालमेल कांग्रेस प्रमुख, उपप्रमुख र ७ वटा वडामा निर्वाचित भएको थियो। एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो। 

प्रकाशित: Apr 16, 2022| 17:47 शनिबार, वैशाख ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।