मंगलबार, वैशाख १६, २०८२

मोरङका तीन पालिका प्रमुखमा एमाले उम्मेदवार सर्वसम्मत

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका तीन पालिका प्रमुख र चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा छनौट गरेको छ।
 |  शनिबार, वैशाख ३, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, वैशाख ३, २०७९

विराटनगर- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  एमालेले मोरङका तीन पालिका प्रमुख र चार दर्जन वडाध्यक्षका  उम्मेदवार  सर्वसम्मत रूपमा  छनौट गरेको छ। 

मोरङको रंगेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा मुसहरू मण्डललाई उम्मेदवार बनाउने  निर्णय सर्वसम्मतरुपमा  स्थानीय कमिटीले गरेको हो। 

रंगेलीका बगडिया सोही नगरका बहालवाला नगरप्रमुख हुन्। गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर नगर प्रमुखमा निर्वाचित भएका बगडिया एक महिना अगाडि एमाले प्रवेश गरेका हुन्। 

धनपालथानका मुसरु मण्डल पनि गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा  एमालेबाट सोही पालिकाको अध्यक्ष पदका प्रत्याशी रहेको र करिब तीन सय मतान्तरले पराजित भएका हुन्। स्थानीय मतदाताबीच निकै लोकप्रिय छबी भएका मण्डललाई पुनः यस पटक पनि एमालेको स्थानीय कमिटीले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। 

जहदाका गिरी हालै एमाले प्रवेश गरेका हुन। उनी अहिले वडा नम्बर ४ का वडाध्यक्ष हुन। गिरी जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।  

Metro Mart
worldlink

आगामी वैशाख ७ गतेभित्रमा मोरङका  १५९ वटै वडा र १७ वटै तहका प्रमुख र उपप्रमुखका उम्मेदवार सार्वजनिक  गर्नेगरि उम्मेदवारको टुंगो लगाउँदै गइरहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए। उनले स्थानीय तहको उम्मेदवारको छनौट स्थानीय स्तरबाटै गर्नका लागि पनि पालिका कमिटीलाई निर्देशन दिएको बताए।

प्रकाशित: Apr 16, 2022| 07:25 शनिबार, वैशाख ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।