मंगलबार, वैशाख १६, २०८२

काठमाडौंले रगत चुसिरहेको रोल्पा

मैलै काँकडभिट्टामा बस चढेपछि सोधें, आम्बो भाइ, एक्कै खेपमा मान्यौ त रोल्पा जानु! जवाफमा भन्यो, यो विश्वको कुनै पनि नागरिक, जसलाई नेपालको क्रान्तिबारे सामान्य ज्ञान होस्, उसले यति सुन्दर मौका गुमाउन चाहँदैन।
 |  सोमबार, चैत २८, २०७८

मनोज बोगटी

मनोज बोगटी

सोमबार, चैत २८, २०७८

रोल्पा शब्द सुन्नेबित्तिकै दिमागमा युद्धको विम्ब आउँछ। यो नाम मात्र पनि काफी छ, हर कोहीलाई आकर्षित गर्न। नवीनजीले केही दिनदेखि निरन्तर सम्पर्क गरिराख्नुभएको थियो। तर म परें मनमौजी, आफ्नै संसारमा रमाइराख्ने। त्यसरी नै हराइराखेको बेला फेरि एउटा कल आयो, भन्नुभो– भोलि हिँड्नुस्।

मैले त आउँछु भनिसकेकै थिएँ, तर हिँडी नै हाल्नु ? 

त्यसपछि वास्तविक आपत् आइपऱ्यो। सिक्किममा फिल्म सुटिङमा मस्त पल्लवी सिंघकलाई कल लगाएँ र भने, भाइ रोल्पा भन्ने ठाउँको नाम सुनेको? ऊ लगभग आत्तियो। दा, त्यो सशस्त्र युद्ध शुरु भएको ठाउँ होइन?

मैले हो भनें। त्यसपछि भनें, बोलाएको छ, जाने?

मलाई विश्वास थिएन, उसले ओके गर्ला भनेर, तर गऱ्यो।

Metro Mart
worldlink

त्यसपछि हामी हिँड्यौं।

मैलै काँकडभिट्टामा बस चढेपछि सोधें, आम्बो भाइ, एक्कै खेपमा मान्यौ त रोल्पा जानु! जवाफमा भन्यो, यो विश्वको कुनै पनि नागरिक, जसलाई नेपालको क्रान्तिबारे सामान्य ज्ञान होस्, उसले यति सुन्दर मौका गुमाउन चाहँदैन।

सबैभन्दा पहिले त यति लामो बस यात्रा कहिल्यै गरिएको थिएन। जीवनको सबैभन्दा लामो बस यात्रा गर्दैथियौं। 

पल्लवको दिमागमा त्यही थियो, जो मेरो दिमागमा थियो– रोल्पा र युद्ध।

सुवास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गरेका थिए। सारा दार्जिलिङ त्यो आन्दोलनले जलेको थियो, त्यसको कारण थियो, बंगालबाट मुक्ति। देशमा गोर्खाको पहिचान स्पष्ट बन्नुपर्छ भन्ने दाबीको लडाइँ। बाउ पुस्ता त्यसै आँधीमा थिए। त्यो आँधीले के के बनायो, के के भत्कायो, पछिबाट कथामार्फत सुनेका थियौं।  

आफ्नै पालामा पनि त्यो आँधी फर्किएर आयो। सन् १९८६ लाई हामीले २००८ मा पनि देख्यौं, २०१३ मा पनि देख्यौं, २०१७ मा पनि देख्यौं। छुट्टै राज्यको लागि गरेको ती संघर्षमा पहाड उतप्त बन्यो। हरेकको नसामा खुन दौडियो। 

सपना देख्नु अपराध होइन, तर हामीले देखेको सपनालाई सरकारले अवैध ठहर्यायो। यसौ भनौं न, हाम्रो सपनामा साङ्ग्ला लगाइयो, हतकडी लगाइयो, कोर्रा लगाइयो। यति सुन्दर सपनालाई कैदखानामा खाँदियो। हाम्रा सपनाहरू रगतपच्छे भए।

पहिले १२ सय, त्यसपछि त कति हो कति सहिद बने। 

रोल्पा भन्ने शब्द सुन्दै पनि पल्लब र मेरो दिमागमा त्यही विम्ब आयो, जुन विम्ब सपनाले बनिएको छ। रगतले बनिएको छ। उन्मुक्तिको चाहले बनिएको छ।


रोल्पा जाँदै गर्दा लागेको थियो, सपना उम्रिएको ठाउँ जाँदैछु। मैले पल्लबलाई भने, तिमीलाई थाहा छ हामीले टेक्ने भुइँ रगतले सिञ्चित छ। हरिभक्त कटुवालको कविता त्यहीँ उभेर अहिले भनिरहेको होला, यो देशको माटोले भन्छ, यो देशको ढुंगाले भन्छ, हाम्रो पनि रातो रगत यहीँ बगेको छ, हाम्रो पनि तातो पसिना यहीँ खसेको छ।

मैलै काँकडभिट्टामा बस चढेपछि सोधें, आम्बो भाइ, एक्कै खेपमा मान्यौ त रोल्पा जानु! जवाफमा भन्यो, यो विश्वको कुनै पनि नागरिक, जसलाई नेपालको क्रान्तिबारे सामान्य ज्ञान होस्, उसले यति सुन्दर मौका गुमाउन चाहँदैन।

क्रान्तिकारी दुनियाँको सबैभन्दा भावुक प्राणी मेरो कुरा सुनेर पल्लब खिस्स हाँस्यो अनि भन्यो, दा, ती सपना जिउँदै होला कि मऱ्यो होला?

त्यही हेर्न त जाने हो नि।

२६ घण्टा बसमा चढ्नु भनेको पनि कुनै युद्धमा भिड्नु जत्तिकै रहेछ। पहिले त यति लामो यात्रा, त्यहीँमाथि बसको लास्ट सिट। 

रात गहिरिएको बेला म फोनमा सिरिज फिल्म हेर्दै थिएँ, द लास्ट बस।

पृथ्वीदेखि मान्छे गायब गर्ने र आफ्नो शासकीय संसार बनाउने भिलेन विरुद्ध लडिरहेका ती मसिना केटाकेटीहरूको संघर्ष र रोल्पाको संघर्षमा के फरक होला?

दिमागमा त्यही संघर्षको विम्ब बोकेर म बसको लास्ट सिटमा निदाएँ।

म नेपाल गइरहने मान्छे। काठमाडौं कतिपल्ट पुगेको छु। पुग्दैपिछे सोचेको छु, नेपालको सपना यही ठाउँमा त फुल्ने होला नि। रोल्पा जाँदै गर्दा भने सोचेको छु, काठमाडौंले देखेको सपना उम्रिएको ठाउँ हेरौंला। 

जब हामी रोल्पा उत्रियौं, यस्तो लाग्यो संसारको सबैभन्दा रुगरुगे पाखामा पुगें। 

सडक बाहेक रोल्पामा त केही रहेनछ।

धन्न सडक पुगेको रहेछ। त्यही सडक भएर विकास कहिले पुग्ने होला? मलाई पहिचानको कसीमा भाषामाथि बहस गर्न बोलाएको छ। रोल्पा नगर साहित्य तथा कला संगीत प्रतिष्ठानले किन पहिचानको चिन्ता गरेको होला? 

रोल्पा पुगेपछि थाहा पाएँ, चिन्ता जायज रहेछ। रोल्पा त आफ्नै पहिचानको निम्ति लडिरहेको रहेछ। 

अहो, परिवर्तनको सपना देखेको ठाउँ, राजालाई हटाएर प्रजाको शासनको सपना देखेको ठाउँ, जसको सपना त रक गार्डेनको ढुंगाजस्तै त्यतिकै त्यहीँ गाडिएर बसेको रहेछ। 

२७ वर्षअघि रोल्पाले देखेको सपना त अझै पनि होलेरी चोकमा नै कैद रहेछ। म हारेको मानिस, हारेकै ठाउँमा पुगेको रहेछु।

छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन असफल भएपछि थाकेको मानिस फेरि पनि थाकेकै ठाउँमा पुगें कि क्या हौ!

सबैभन्दा पहिले मेरो भ्रम टुट्यो। सुनेको रोल्पा र देखेको रोल्पा एकै थिएन। 

रोल्पा सोच्दा लागेको थियो, नेपाललाई विचार दिने ठाउँ, सपना दिने ठाउँ, परिवर्तनको गोरेटो खन्ने ठाउँ, जनतन्त्र आइसकेपछि आफ्नो खुट्टामा दह्रो उभिएको होला। तर रोल्पा पुगेपछि देखें, रोल्पा त भर्खर उभिन खोजिरहेको रहेछ।

पहिलोपल्ट थाहा पाएँ, रोल्पाले बन्दुकको साटो कलम बोकेको रहेछ। र त्यो कलमले आफ्नै निधारमा आफ्नो भाग्य लेख्ने अभ्यास गरिरहेको रहेछ।

धन्न सडक पुगेको रहेछ। त्यही सडक भएर विकास कहिले पुग्ने होला? मलाई पहिचानको कसीमा भाषामाथि बहस गर्न बोलाएको छ। रोल्पा नगर साहित्य तथा कला संगीत प्रतिष्ठानले किन पहिचानको चिन्ता गरेको होला? 

रोल्पा त आफ्नै अनुहारको बारेमा विमर्श गरिरहेको रहेछ। रोल्पा त आफ्नै अनुहार खोजिरहेको रहेछ। रोल्पा त आफ्नै घाउ कोट्याइरहेको रहेछ। रोल्पा त्यो घाउबाट निस्किएको रगतमा नुहाइरहेको रहेछ।

म प्यानलमा बसें। टीका कुमारी बुडा र छविबाल कोपिलाको कुरा सुने र बुझें, दस वर्षको क्रान्तिले बनाएको देशमा रोल्पा त आफ्नै भाषिक पहिचानको निम्ति संघर्ष गरिरहेको रहेछ। 

कविता सुनेँ, बहस सुनेँ। कविता र बहसको ताममेल मिलिरहेको थिएन। कविताले परिवर्तन खोजिरहेको थियो, बहसले परिवर्तन देखाउन खोजिरहेको थियो। नेताहरूको कुरा सुनेँ, उनीहरू भनिरहेका थिए, रोल्पालाई अमेरिका बन्न २० वर्ष पनि लाग्दैन। म रनभुल्लमा थिएँ।

सुनेको रोल्पा र देखेको रोल्पामा आकास पातालको फरक थियो। रक गार्डेनमा एउटा ढुंगा थियो, यस्तो लाग्थ्यो, त्यो जोरले कराएर भनिरहेको छ, मनोज! तेरोजस्तै हाम्रो पनि सपना लुटियो।

त्यसपछि मलाई आयोजकले देखेको सपनाको माया लाग्यो। रोल्पाको माया लाग्यो।

कवि मान्छे हुँ, कविताको भाकामा भन्नुपऱ्यो भने यति नै भन्छु, रोल्पाको रगत पिएर काठमाडौं पुस्टिएको छ।

म त्यही पुस्टिएको काठमाडैंमा रोल्पाली भाइ दिलिप कुँवरलाई भनिरहेको छु, रोल्पाको संघर्ष त बल्ल शुरु भएको रहेछ। त्यो संघर्ष सफल बनोस्।

प्रकाशित: Apr 11, 2022| 12:07 सोमबार, चैत २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...