आइतबार, वैशाख २१, २०८२

महिला सहभागिता सुनिश्चित गर्न दलहरुलाई खबरदारी

सञ्‍चारिका समूह रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रममा महिलाहरुलाई उम्मेद्वार बनाउन दलहरुको ध्यानार्कषण गराएका हुन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

बुटवल- स्थानीय तहको निर्वाचनमा महिलाहरुलाई प्रमुख पदमा उम्मेद्वार बनाउन रुपन्देहीका दलहरुलाई खबरदारी गरिएको छ। सञ्‍चारिका समूह रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रममा महिलाहरुलाई उम्मेद्वार बनाउन दलहरुको ध्यानार्कषण गराएका हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पूरा गर्न सक्ने आफूले प्रमाणित गरेको बताइन्। उनले आफू अब बुटवलको मेयरका लागि आकांक्षी रहेको बताइन्। नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले पार्टीमा ३५ प्रतिशत महिला सहभागीता सुनिश्चित गर्ने नीति बनाइएको बताउँदै आफ्नो दलले सहभागिता सुनिश्चित गर्ने बताए।

नेपाली कांग्रेसका रुपन्देहीका कोषाध्यक्ष हरि अर्यालले इच्छाशक्ति, तत्परता र सामर्थ्यता भएका महिलाले अवसर पाउने बताए। नेकपा एकीकृत समाजवादीका उपसचिव सरिता श्रीसले महिला अधिकारका कुरा गर्दा हाम्रो हैसियत माग्‍ने मै सीमित रहेको बताइन्। राष्ट्रिय जनमुक्ति पार्टीका महिला मोर्चा अध्यक्ष ज्योति थापाले पार्टीले ५० प्रतिशत महिला सहभागिताको माग गर्दै आएको बताइन्।

छलफलमा लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले पार्टीमा बार्गेनिङ क्षमता बढाउन महिलाहरुलाई आग्रह गरे। सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार इन्दिरा अर्यालले महिला नेतृत्वमा जाँदा गुटबन्दी र बदलाको भावना कम हुने भएकाले अध्ययनशील र संघर्षशीललाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिइन्। अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी रहेकामा जोड दिइन्।

छलफलमा ब्लु डाइमण्ड सोसाइटीका प्रतिनिधी आनिक राना, सिर्जनशील संस्था नेपालका अध्यक्ष प्रतिमा शर्मा, महासचिव बिजु पौडेल, सञ्‍चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले महिला सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए। 

Metro Mart
worldlink


प्रकाशित: Apr 10, 2022| 19:09 आइतबार, चैत २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।