मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेद्वारा विराटनगर महानगरको प्रमुख, उपप्रमुख र वडाध्यक्षको नाम सिफारिस

एमालेद्वारा विराटनगर महानगरको प्रमुख, उपप्रमुख र वडाध्यक्षको नाम सिफारिस

एमाले विराटनगर महानगर कमिटीले प्रमुख र उपप्रमुखहरूको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ।
 |  आइतबार, चैत २७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, चैत २७, २०७८

विराटनगर- एमाले विराटनगर महानगर कमिटीले प्रमुख र उपप्रमुखहरूको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ। 

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुखमा महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको महानगर कमिटीका प्रचार विभाग प्रमुख सुदीप कोइरालाले बताए। उनका अनुसार उपप्रमुखमा विमला घिमिरे, शिल्पा कार्की र अञ्जु उपाध्यायको नाम सिफारिस भएको छ।

वडाध्यक्षमा पाँच दर्जनबढीको आकांक्षी

विराटनगरका १९ वडाका लागि पाँच दर्जन बढीको नाम वडा कमिटीबाट सिफारिस भएर आएको बताइएको छ।  ३ वडामा १/१ जनाको नाम सिफारिस भएको एमाले विराटनगर महानगरकमिटीले जनाएको छ। 

विराटनगर १०, ११ र १९ मा  वडाध्यक्षमा एक/एक जनाको मात्रै दाबी परेको छ। विराटनगर १० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा कमिटीले सिफारिस गरेको छ। 

Metro Mart
worldlink

२०७४ को निर्वाचनमा गिरी र घिमिरे पराजित भएका थिए भने न्यौपाने विजयी भएका थिए। गिरीको वडाबाट स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले विजयी भएका थिए। 

विराटनगर ११ बाट निर्वाचित वडाध्यक्ष न्यौपानेले महानगरपालिकाले जनप्रतिनिधिबापत दिएका सुविधा कुनै पनि नलिने भित्र पर्दछन्। न्यौपानेले मोटरसाइकल, पारिश्रमिक, भत्ता कुनै पनि लिएनन्।  उनले वडाका लागि गरेको कामको मूल्यांकन गरी निर्विरोध नाम सिफारिस गरिएको एक नेताले बताए। 

 महानगरकमिटीका अनुसार विराटनगर १ बाट काजीबहादुर बस्नेत, ईश्वर रिजाल, किशोर बस्नेत, हरिप्रसाद पोखरेल र दिनकर मण्डलको नाम सिफारिस भएको छ। विराटनगर २ बाट कुमार पोखरेल, विनोदविक्रम शाह र ललित शाक्य, ३ बाट वासुबहादुर बस्नेत, रेशम थापा मगर, नवराज नेपाल, विष्णु पौडेल, वडा नम्बर ४ वाट जितेन थापा, तुलसी घिमिरे, ५ बाट शिव थापा, सुनिल श्रेष्ठ, राजमणि न्यौपाने, रमा रिजाल र मीनकुमार आचार्य, ६ बाट दिनेश कामत, नविनविक्रम शाह, अनिल आलम, लालबाबु साह, सन्तोष साह, समिम अन्सारी, जुफिर अहमद दोस्ताना, ७ बाट गोपाल पोद्धार र दामोदर तिवारीको नाम वडा कमिटीले सिफारिस गरेको छ।

विराटनगर ८ बाट राम पोखरेल, शैलेश न्यौपाने, मनिष भट्टराई र वीरेन्द्र राजवंशी, ९ बाट दिलीप तामाङ, श्रीप्रसाद तोत्ला, अजमेरि हुसैन, दिनानाथ भगत, पप्पु अन्सारी, राजेशकुमार भगत, गंगालाल प्रधान, हरिनाथ अधिकारी, १२ बाट राधेश्याम कट्टेल, भोला बराल, झुमा पोखरेल, विष्णु कामत, तुलसी साह, अमिरलाल राजवंशी, अजय ढकाल, १३ नम्बरबाट किशोर पोखरेल, सन्तोष बराल, तीर्थराज घिमिरे,दिनेश राई, बद्री न्यौपाने, दीपक खड्का, १४ बाट सूर्यनारायण महतो र सुनिता गिरी, १५ बाट उमेश गुरुङ, मनोज खड्का, कुन्दन मण्डल, आकाश साह, १६ बाट कुमार महर्जन, प्रह्लाद बस्नेत, धनकुमार लामा र भरत साह नाम सिफारिस भएको छ।

विराटनगर १७ बाट हमिद आजाद र सिकन्दर आलम, १८ बाट पर्शुराम ठाकुर, रविन्द्र दास र जितेन्द्र कामतको नाम सिफारिस भई आएको महानगर कमिटीले जनाएको छ। 

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ३ वटा वडा जितेको थियो। नेपाली कांग्रेसले ७, जसपाले ६, माओवादी १ र स्वतन्त्रले २ वडामा निर्वाचित भएका थिए।

प्रकाशित: Apr 10, 2022| 08:04 आइतबार, चैत २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।