बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पद र शक्तिको दुरुपयोग गर्दै वीरगंजमा निमार्णाधिन नाला पुरेर ओलीलाई भव्य स्वागत

पद र शक्तिको दुरुपयोग गर्दै वीरगंजमा निमार्णाधिन नाला पुरेर ओलीलाई भव्य स्वागत

नेकपा एमालेको पार्टी प्रवेश तथा केपी ओलीलाई स्वागत गर्न बनाउन लागिएको नाला महानगरकै जेसीबी र दमकल प्रयोग गरी नगर प्रहरीमार्फत नाला पुर्न लगाइएको हो।
 |  मंगलबार, चैत २२, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, चैत २२, २०७८

पर्सा- वीरगंज महानगरपालिकाले पद र शक्तिको दुरुपयोग गर्दै नाला बनाउन खनिएको खाल्डो पुरेर पार्टी प्रवेश कार्यक्रम समपन्‍न गराइएको छ। नेकपा एमालेको पार्टी प्रवेश तथा केपी ओलीलाई स्वागत गर्न बनाउन लागिएको नाला महानगरकै जेसीबी र दमकल प्रयोग गरी नगर प्रहरीमार्फत नाला पुर्न लगाइएको हो। 

जनता समाजवादी पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले पद र सार्वजनिक सम्पतीलाई दुरुपयोग गर्दै काममा विलम्ब गराउनेदेखि महानगरको जेसिबी, दमकल र नगर प्रहरीलाई अफ्नो ढंगले खटाएको छ।

वीरगंजको मुख्य केन्द्रमा रहेको वीपी उद्यानको जग्गामा ८ करोडको बजेटमा निर्माणधीन रहेको बाउण्ड्री वालसहितको ढलान पार्क तथा नालासहितको योजना निर्माणाधिनको अन्तिम चरणमा छ। तर, मेयर सरावगी आफैंले विकास रोक्न लगाएर खनिएको नालालाई पुरेर व्यक्तिगत स्वार्थ पूरा गरेका छन्। 

महानगरको जेसिबी, दमकल र नगर प्रहरीलाई केपी शर्मा ओली आउने कार्यक्रमको सजावट तथा नाला पुर्ने काममा लगाएको हो। ११ बजे भनिएको कार्यक्रममा साढे एक बजे आइपुगेका ओलीले आफ्नो पालामा सुरु गरिएको विकास निर्माणको काम अहिलेको गठबन्धनको सरकारले रोक्न लगाएको आरोप लगाएका थिए। उनले हरेक पालिकामा एक–एकवटा अस्पताल बनाउने, एकैपटक २ सय भन्दा बढी सडक बनाउने लगायतको योजनाहरु रोक्न लगाएको आरोप लगाएका थिए। 


प्रकाशित: Apr 05, 2022| 19:25 मंगलबार, चैत २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।