आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चोरी आरोपमा पक्राउ परेका रुद्रबहादुर प्रहरी हिरासतमै घाँटी रेटिएको अवस्थामा भेटिए

चोरी आरोपमा पक्राउ परेका रुद्रबहादुर प्रहरी हिरासतमै घाँटी रेटिएको अवस्थामा भेटिए

बुटवलमा प्रहरी हिरासतमा रहेका एक पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन्।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

बुटवल– बुटवलमा प्रहरी हिरासतमा रहेका एक पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन्। गएको शनिबार तामाको तार चोरीको आरोपमा पक्राउ परेका रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरका २८ वर्षिय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा सोमबार हिरासतमा भेटिएका हुन्। 

घाँटीबाट रगत आएको देखेपछि प्रहरीले सोमबार दिउँसो नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेको प्रहरीले जनाएको छ। घाइते नेपालीको उपचार भइरहेको छ। शनिबार तामाका तारहरु कवाडी पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा अनुसन्धानमा रहेको प्रहरीले नेपालीलाई कवाडी खानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। एक बोरा तामाको तारसहित पक्राउ परेका नेपालीमाथि अनुसन्धान अघि बढाउन हिरासतमा राखेको अवस्थामा घाँटीमा चोट लागेको देखिएको प्रहरी नायव उपरीक्षक केसीले बताए। 

‘आफैंले धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको जस्तो पनि देखिन्छ, यसबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी केसीले भने। यता नेपालीका आफन्तले भने धारिलो हतियार प्रयोग गरेर घाँटी काटिएकाले घटना शकास्पद रहेको बताएका छन्। हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै छानविन गर्न नेपालीकी दिदी मनकुमारी सार्कीले माग गरिन्।

‘हिरासतमा रहेको व्यक्तिलाई चोट कसरी लाग्यो? यसैमा हामी चकित छौं। सामान केही भेटिएको छैन, पकेटमा केही पनि छैन, घाँटीमा धेरै काटिएको छ,’ मनकुमारीले भनिन्। उनले अवस्था गम्भीर रहेकाले भाइको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइन्।  चोरी अभियोगमा पक्राउ परेका रुद्रबहादुर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सरसफाइमा कार्यरत कर्मचारी हुन्। 

Metro Mart
worldlink

उनकी दिदी मनकुमारी पनि त्यहिँ कार्यरत छिन्। ‘शनिबार पक्राउ परेको भाइको घाँटी काटिएको भनेर इमर्जेन्सीमा ल्याएपछि हिजो ४ बजेतिर थाहा पाएँ,’ मनकुमारीले भनिन्, ‘स्वास नली आधामात्रै काटिएकाले अहिलेसम्म जीवित छ।’ उनले चिकित्सकहरुले निको हुने आश्वासन दिएको बताइन्।

प्रकाशित: Apr 05, 2022| 12:48 मंगलबार, चैत २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।