मंगलबार, वैशाख १६, २०८२

ढोरपाटनको अँध्यारो-उज्यालो

सुरुमा त अस्पताल बन्ने कुरामै संशय प्रकट गरिन् नरमतीले। तर उनको कानमा पनि अस्पताल बन्ने हल्ला यसअघि पनि पुगेको रहेछ। त्यही कारण संशयसंगै आशा पनि प्रकट गरिन् ( ' . . . . . . .त्यति बिराम बोकेर नबसम्ला भन्ने ईच्छा हुन्छ।'
 |  बिहीबार, चैत १७, २०७८

भानु बोखिम

भानु बोखिम

बिहीबार, चैत १७, २०७८

'नजिक अस्पताल भयो भने, त्यति बिराम बोकेर नबसम्ला भन्ने ईच्छा हुन्छ,'  नरमती विकले जीवनका दुःख हाँसीहाँसी भनिन्। बोली सकेरपनि बन्द नभएका मुखमा दाँत देखिएका थिए। दाँत कालो थिएन तर ढोरपाटनमा पर्ने हिउँ जस्तै चम्किलापनि थिएनन्। मुहारको उज्यालो भने ढोरपाटनको डाँडापाखामा चम्केको हिउँझैँ। उनको बोलीले अधिकांश ढोरपाटनवासीको दुःख, पीडाको प्रतिनिधितव गरेको थियो।  

ढोरपाटनवासीको लागि आफ्नै ठाउँमै स्वास्थ्य सेवा उपलब्ध छैन। आर्थिक अवस्था कमजोर भएका ढोरपाटनवासीले उपचारको लागि टाढा टाढा जान सक्दैनन्। यस्तो अवस्थामा रोग लाले उपचार नगराई बस्ने हो। नरमती बिकको ईच्छा, चाहना यही कुरासँग जोडिएको थियो। नजिकै अस्पताल बन्यो भने गएर बिरामको उपचार गर्ने अनि शरीरमा समस्या पालेर नबस्ने। 

नरमती विक ढोरपाटनमा श्रीमानसँग मिलेर होटल सञ्चालन गर्छिन्। पाँच सन्तानकी आमा नरमतीको जीवन ढोरपाटनमै बितिरहेको छ। मध्यदिनमा हामीले उनकै होटलमा खाना खायौँ। खाना खाँदै गर्दा ढोरपाटनको फाँटमा हावा चल्न सुरु भइसकेको थियो। खाना खाएपछि छुट्ने बेलामा मैले एक टेलिभिजन कार्यक्रमको लागि उनलाई प्रश्न गरेको थिएँ, 'यहाँ अस्पताल बन्यो भने तपाईंलाई के फाइदा हुन्छ? 

सुरुमा त अस्पताल बन्ने कुरामै संशय प्रकट गरिन् नरमतीले। तर उनको कानमा पनि अस्पताल बन्ने हल्ला यसअघि पनि पुगेको रहेछ। त्यही कारण संशयसंगै आशा पनि प्रकट गरिन् ( ' . . . . . . .त्यति बिराम बोकेर नबसम्ला भन्ने ईच्छा हुन्छ।'  

नेपाल सरकारले हरेक स्थानीय तहमा एक अस्पताल बनाउने निर्णय गरेको छ। यो निर्णय अनुसार धेरै ठाउँमा अस्पताल बनाउने काम अघि बढेको छ। धेरै स्थानीय तह यसको प्रक्रिया अघि बढाउँदै छन्। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले नगर अस्पताललाई ढोरपाटनमा बनाउने योजना सुनाएका थिए। ढोरपाटन नगरपालिकाको नामकरण ढोरपाटन शिकार आरक्षबाट गरिएको हो। यसको सदरमुकाम बुर्तीबांग ढोरपाटनबाट गाडीको यात्रामा करिब तीस किलोमिटर छ। दुरी कम देखिएपनि बाटो खराब भएकोले यसलाई छिचोल्न झन्डै अढाई/तीन घण्टा लाग्छ। सर्वसुलभ यातायातको सुविधा पनि छैन। करिब तीस किलोमिटर यात्रा गर्न ८ सय जति भाडा लाग्छ। हिउँदको समय हिउँका कारण यातायात ठप्पसरह नै हुन्छ। 

Metro Mart
worldlink
सुरुमा त अस्पताल बन्ने कुरामै संशय प्रकट गरिन् नरमतीले। तर उनको कानमा पनि अस्पताल बन्ने हल्ला यसअघि पनि पुगेको रहेछ। त्यही कारण संशयसंगै आशा पनि प्रकट गरिन् ( ' . . . . . . .त्यति बिराम बोकेर नबसम्ला भन्ने ईच्छा हुन्छ।'  

नरमती विकसँग भेट्नुभन्दा पाँच दिन अघि नै बुर्तीवांगमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसँग भेट भएको थियो। ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बस्ने नागरिकको लागि कुनै स्वास्थ्य संस्था छैन। त्यहाँका मानिसहरु सामान्य उपचारको लागि बोबांग वा अधिकारीचौर झर्नुपर्छ। त्योभन्दा पनि राम्रो उपचारको लागि बुर्तिबांगमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुपर्छ। सामान्य स्वास्थ्य संस्था नभएकोले ढोरपाटनको नागरिकले धेरै दुःख पाएका छन्। त्यो दुःख समाधानका लागि नगरपालिकाले चिकित्सकसहितको स्वास्थ्य सेवा दिन खोजेको छ। जसको लागि ढोरपाटन शिकार आरक्षको परिधिभित्रै नगर अस्पताल बनाउँदै छ। 

प्रकाशित: Mar 31, 2022| 07:37 बिहीबार, चैत १७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...