काठमाडौं- नेपाल औषधि उत्पादक संघले ५ सय एमजीको सिटामोललाई विस्थापन नगरी ६५० एमजीको उत्पादन गरिने बताएको छ। ६५० एमजीको दर्ताबारे आएका समाचारका विषयमा संघले ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएको हो।
५ सय एमजीको उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नका लागि अनुमति प्रदान भएको हुँदा ५ सय एमजी पनि अभाव नहुने र आवश्यकता अनुसउर ६५० एमजि पनि उपलब्ध हुने ध्यानाकर्षण (जानकारी) गराउन चाहन्छौँ,' संघले जारी गरेको ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ।
विभिन्न राष्ट्रहरूमा १ हजार एमजीसम्मका औषधि उत्पादन हुनेसमेत संघको भनाइ छ।