बुधबार, वैशाख १७, २०८२

विराटनगरको प्रमुखका लागि एक दर्जनभन्दा बढी आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४६ दिन बाँकी छ। महानगरको उम्मेदवार हुनका लागि नेताहरूले माथिल्लो कमिटीमा आफ्नो पक्षमा तीव्र लबिङ पनि बढाएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, चैत १४, २०७८

विराटनगर- स्थानीय तहको निर्वाचन आउन ४६ दिन बाँकी छ। महानगरको उम्मेदवार हुनका लागि नेताहरूले माथिल्लो कमिटीमा आफ्नो पक्षमा तीव्र लबिङ पनि बढाएका छन्। निर्वाचन नजिकिएसँगै महानगरको नेतृत्वका लागि नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका एक दर्जन बढी नेता मुख्य दाबेदार देखिएका हुन्।

महानगरको प्रमुखका लागि दाबी गर्नेमा पूर्वमन्त्री, केन्द्रीय नेतासमेत रहेका छन्। विराटनगरमा अन्य दलको तुलनामा नेपाली कांग्रेसको पल्ला भारी रहेकाले पनि प्रमुख पदमा दाबी गर्ने नेताको संख्या पनि कांग्रेसबाट बढी नै देखिएको छ। 

कांग्रेसबाट वर्तमान महानगर प्रमुख भीम पराजुलीसहित केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य  अमृत अर्याल र प्रतिनिधि सभा सदस्य डा. डिला सङ्ग्रौला,  मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला र विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की, तत्कालीन विराटनगर नगरपञ्चायतका पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराईको नाम चर्चा छ।  

कांग्रेस भित्रका दाबेदार मध्ये केन्द्रीय सदस्य अर्याललाई विराटनगर महानगरको मेयरको प्रबल दाबेदारका रूपमा हेरिएको छ। कांग्रेस र अन्य दलबीच गठबन्धन भएमा अर्याल मेयरको उम्मेदवार हुने धेरैको दाबी छ। तर, अर्यालले भने उम्मेदवारीको विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छैनन्। 

देउवा समूहकी डा. सङ्ग्रौलालाई पनि मेयरको बलियो दाबेदारको रूपमा हेरिएको छ। वर्तमान महानगरप्रमुख पराजुलीले पनि एक पटक दोहोर्‍याउने संकेत गरेका छन्। 

Metro Mart
worldlink

विराटनगर महानगर प्रमुखका लागि एमालेबाट चार जना आकांक्षी देखिएका छन्। एमालेबाट केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, महानगरकमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह र एमाले मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की महानगर प्रमुख पदका लागि आकांक्षी देखिएका छन्।

सामाजिक मन्त्री हुँदै लोकप्रिय छवि बनाएका कारण नेता घिमिरेको प्रमुखमा चर्चा छ। पार्टी नेतृत्व तहबाट सर्वसम्मत रूपमा निर्णय भएमा घिमिरे प्रमुखमा उठ्न सक्ने सम्भावना छ। घिमिरे बाहेक महानगर कमिटी अध्यक्षसमेत रहेका थापाको पनि प्रमुखमा चर्चा छ।  

२०७४ को निर्वाचनमा तेस्रो मत ल्याएको जनता समाजवादी पार्टीबाट पनि प्रमुख पदका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा सहित चार जनाको चर्चा छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा तेस्रो स्थानमा आएका उमेश यादवले पनि दाबी गर्दै आएका  छन् । 

यादव बाहेक जसपा नेता अशोक राईले विराटनगर महानर पालिकाका पूर्वउपप्रमुख भूराज राई र नेता डा. बाबुराम भट्टराईले भरत दाहालको नाम अघि सारेको श्रोतको भनाई छ।  

विराटनगर महानगरको प्रमुखका लागि नेकपा माओवादी केन्द्रमा पनि तीन जनाको दाबी देखिएको छ। नेताहरू भोगेन्द्र यादव, नमिता न्यौपाने र नवीन पौडेलको दाबी देखिएको छ। २०७४ को निर्वाचनमा न्यौपानेले उपप्रमुखमा दोस्रो स्थान हासिल गरेकी थिइन्।   

२०७४ मा कसले कति मत ल्याएका थिए?

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट महानगर प्रमुखमा भीम पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए। कूल १ लाख १३ हजार ७६१ मतदाता मध्ये ८० हजार ६८९ मत खसेको थियो। 

६१ हजार २७० सदर मत मध्ये पराजुलीले एमालेका उम्मेदवार विनोद ढकाललाई ५ हजार ७१० मत अन्तरले पराजित गरेका थिए। तत्कालीन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ५८ मत सहित तेस्रो भएका थिए। 

२०७४ को स्थानीय तहको निर्वाचनमा मोरङका १७ स्थानीय तह मध्ये विराटनगरमा सबै भन्दा बढी मत बदर भएको थियो। खसेको मतको २४ प्रतिशत अर्थात् १९ हजार ४१९ मत बदर भएको थियो।  

१९ वडा मध्ये नेपाली कांग्रेसले ७, जनता समाजवादी पार्टीले ६ वटा, एमालेले ३, माओवादी केन्द्र, स्वतन्त्र र नेपाली काँग्रेसबाट विद्रोही समूहले एक/एक वडा जितेका थिए।

प्रकाशित: Mar 28, 2022| 09:07 सोमबार, चैत १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।