मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पुर्ख्यौली घर पुगेर ती दिन सम्झिरहेछन् पूर्वगभर्नर क्षेत्री

पुर्ख्यौली घर पुगेर ती दिन सम्झिरहेछन् पूर्वगभर्नर क्षेत्री

साल्ट ट्रेडिङमा सरकारको सिन्दुर नमिलेपछि उनले कृषि विकास बैंकमा ६ महिना काम गरे। तर त्यहाँ पनि प्रहरी रिर्पोट माग भयो। प्रहरी रिपोर्ट राम्रो नभएकाले मुख्यालयमा सरुवा हुन हाकिमको आदेश आयो। त्यसपछि उनले आशय बुझेर जागिरबाट राजीनामा दिए।
 |  बुधबार, चैत ९, २०७८

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, चैत ९, २०७८

२०२८ सालमा दीपेन्द्र बहादुर क्षेत्रीको मागी विवाह भयो। २३ वर्षको उमेरमा विवाहित बनेको केही समयपछि नै दीपेन्द्रलाई बुबाले भनेको कुरा अलि बिझायो। 'तैँले कहिल्यै सरकारको सिन्दुर नलगाउने भइस्,' बुबाका शब्द यति थिए। शब्दमा 'सरकारको सिन्दुर लगाउनु' भएपनि यसको आशय चाहिँ सरकारी जागिर खानु अर्थात् प्रतिष्ठासँगै पैसा कमाउनुसँग सम्बन्धित थियो। बुबाको अलि तीखो वाक्य मनमा गढेपछि दीपेन्द्र सरकारी जागिरको पछि दौडन थाले। त्यही दौडले उनलाई नेपाली पैसामा सही गर्ने स्थान (गभर्नर)सम्म पुर्‍यायो। १३ वर्षअघि उनी तपाईं-हामीले बोक्ने पैसामा हस्ताक्षर गर्ने स्थानमा पुगेका थिए। 

दीपेन्द्रबहादुर क्षेत्रीको परिचय वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकको गभर्नरमा मात्र सीमित रहेन। देशको आर्थिक विकासका नीति बनाउने निकाय राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भए। यद्यपि यी दुवै निकायको लामो समय नेतृत्व गर्ने अवसर भने उनलाई मिलेन। तर जति समय यी दुई निकायको शीर्ष जिम्मेवारी सम्हाले, देशको अर्थतन्त्रमा 'अमिट' छाप छोड्न सफल भए।

करोडौँ कमाएर 'सामन्ती ठाँट'का साथ बस्न सक्ने हैसियत निर्माण गरेपनि उनलाई त्यसले लोभ्याएन। पदमा रहदा आफ्नो काम र कर्तव्य र जिम्मेवारीबाट टाढा बसेनन्। गभर्नर र योजना आयोगको उपाध्यक्ष बन्ने हैसियत राख्ने क्षेत्रीलाई निजी सवारी साधनमा सवार हुने मोह पलाएन। अहिले पनि उनी सार्वजनिक यातायातमा झुन्डिएर यात्रा गरिरहेका छन्। 

'मैले आजसम्म पदको दुरुपयोग गरेको छैन। तपाईंहरु मलाई लुखुरलुखुर बाटोमा हिँडिरहेको र सार्वजनिक यातायातमा झुन्डिएर यात्रा गरिरहेको देख्न सक्नुहुन्छ। मप्रति 'विचरा' भन्ने सोच्नु हुन्छ पनि होला। तर मलाई हीनताबोध हुँदैन,' क्षेत्री थप्छन्, 'किनकि म शीर ठाडो पारेर हिँड्न सक्छु। कसैले मलाई औला ठड्याउने ठाउँ राखेको छैन। मेरो इमान्दाररिता माथि प्रश्न गर्न सक्ने हिम्मत कसैसँग छैन। त्यो नै मेरो सम्पत्ति हो। सार्वजनिक यातायातमा झुन्डिएर यात्रा गर्दा वास्तविक जनता आफू पनि भएको महसुस पनि हुन्छ। ७३ वर्षको उमेरमा पुग्दा पनि बसको कोचाकोचमा झुन्डिएर यात्रा गर्नुमा अनुपम रमाइलो हुन्छ रे उनलाई।  

बुबाको अलि तीखो वाक्य मनमा गढेपछि दीपेन्द्र सरकारी जागिरको पछि दौडन थाले। त्यही दौडले उनलाई नेपाली पैसामा सही गर्ने स्थान (गभर्नर)सम्म पुर्‍यायो। १३ वर्षअघि उनी तपाईं-हामीले बोक्ने पैसामा हस्ताक्षर गर्ने स्थानमा पुगेका थिए। 

क्षेत्री सरल जीवनशैली र शालीन स्वाभावका छन्। इमान्दारिता ठूलो सम्पत्ति हो भन्ने उनलाई लाग्छ। निजी स्वार्थका लागि केही पनि नगरेको उनको दाबीलाई चुनौती दिने आँट गर्नेहरू कमै छन्। हालसम्मका गभर्नर वा आयोगका उपाध्यक्षको जीवनशैलीलाई क्षेत्रीको जीवनशैलीले प्रश्न तेर्स्याइरहेको छ। तर उक्त प्रश्नको सामना गर्न 'फर्मर'हरू तयार छैनन्। 

Metro Mart
worldlink

विद्यार्थी आन्दोलनदेखि गोली काण्डसम्म 
२००५ सालमा कास्कीको पोखरा छोरेपाटनमा जन्मिएका क्षेत्री २०२७ सालमा पृथ्वी नारायाण क्याम्पस (पिएन)मा स्ववियु सभापति बने। कम्युनिस्ट विचारधाराका उनलाई पीएन क्याम्पसको पहिलो कम्युनिस्ट स्ववियु सभापति भनेर पनि चिन्थे त्यसबेलामा पोखरामा। पञ्चायती शासनकाल भएकाले उनी खुलेआम रूपमा कम्युनिस्टको प्रचारमा भने हिँड्न सकेनन्। पीएन क्याम्पसमा पढ्दा विद्यार्थीको हक, हितका विषयमा लबिङ गरेर पहिलो पटक कम्युनिस्ट विचारधाराका विद्यार्थी नेताले जितेको थियो। सो समयदेखि अहिलेसम्म पिएन क्याम्पस कम्युनिस्टको 'लालकिल्ला' भनेर चिनिन्छ। 

पञ्चालतकालमा सरकारविरुद्ध कुनै पनि काम गर्न पाइदैनथ्यो। तर सभापति भएको वर्ष नै कलेजमा चिट चोरेको निहुँमा गोली चल्यो। त्यसलाई अझै पनि गोलीकाण्डको नामले बुझिने गरेको छ। 

'भएको चाहिँ के थियो भने एक विद्यार्थीले परीक्षामा चिट चोरेका थियो। तर गार्डले भने सो विद्यार्थीको चिट खोसेर आफ्नो मान्छेलाई दिएछ। तर कारबाही भने चिट बोकेर ल्याउनेलाई गर्ने तयारी भइरहेको रहेछ। विद्यार्थीको नेता भएको हैसियतले म विवाद मिलाउन पुगेको थिएँ। तर कुरा गर्दागर्दै युवाहरुको तातो जोसमा हानाहान भयो। हानाहान बढ्दै गयो। गोलीसम्म चल्यो। गोली काण्डपछि म भूमिगत भएँ,' क्षेत्रीले विद्यार्थीकाल सम्झिए। 

प्रकाशित: Mar 23, 2022| 16:04 बुधबार, चैत ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्