सोमबार, जेठ २७, २०८२

चुनावी अभियान लिएर घरघरै पुग्‍न थाल्यो कांग्रेस

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ। दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्‍न थालेका हुन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

झापा- नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्‍न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ। दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्‍न थालेका हुन्। 

कांग्रेसले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराअघि सारेर घरदैलो अभियान सुरु गरेको छ। पार्टीले जिल्ला समिति, नगर र वडा समितिका सदस्यलाई गृह वडामा परिचालन गरेर चुनावी प्रचारको कामलाई तीव्र बनाएको जनाएको छ। विसं २०७४ को स्थानीय चुनावमा जिल्लाका अधिकांश पालिका गुमाएको कांग्रेस आगामी चुनावमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्य लिएर वडा तथा टोल केन्द्रित कार्यक्रम लिएर अघि बढेको छ। 

कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले टोलटोल पुगेका नेताले एमसीसी सम्झौताका बारेमा भ्रम र यथार्थ मतदातालाई जानकारी गराउन अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गर्न थालेको बताए। कांग्रेसको केन्द्रीय समितिले तयार गरेको एमसिसीबारेको पुस्तक टोलटोलमा वितरण भइरहेको उहाँले जानकारी दिए।

उनले कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि साथै पालिका तहका पदाधिकारी टोल, नगरका पदाधिकारीलाई विधानले दिएको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिरहेको बताए। कांग्रेसले स्थानीय तहको निर्वाचन, प्रक्रिया पद्धति, मनोनयन विधि, बुथको सुरक्षा, सिलबन्दी, मुचुल्का तयार गर्दा पार्टीको भूमिका बारेमा कार्यकर्तालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ।

सचिव हुमागाईंले जिल्लाका विभिन्‍न पालिकामा बुथको सुरक्षाका लागि स्वयंसेवक दस्ताहरु बनाइरहेको बताए। पार्टीको केन्द्रीय नीतिअनुसार नै जिल्लामा ‘एक बुथ १०० युथ’ भन्ने नारा नै तय गरेर युवालाई तालिम प्रदान गरिरहेको उहाँले जानकारी दिए।

प्रकाशित: Mar 20, 2022| 21:40 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।