मंगलबार, वैशाख १६, २०८२

यस्तो छ एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट आशिकको पढ्ने तरिका

पाठ्यपुस्तक पटकपटक दोहोर्‍याएर पढ्ने अनि टेस्ट दिइराख्दा आफ्नो स्थान कहाँ छ भन्ने थाहा हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘तयारी कक्षाका १०० वटाभन्दा बढी टेस्ट दिएपछि मेरो आत्मविश्वास बढेको हो।’
 |  शनिबार, साउन २३, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

शनिबार, साउन २३, २०७८

काठमाडौं- यति बेला शैक्षिक क्षेत्रमा मधेसका युवक आशिक झाको चर्चा छ। चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि उनीबारे धेरैले चासो लिनु स्वाभाविकै हो। चर्चाको एउटा कारण यो पनि हो कि उनले सरकारी विद्यालयबाट विज्ञानमा १२ कक्षा पास गरेका थिए। किनकि पर्याप्त बजेट र शैक्षिक जनशक्ति भए पनि अब्बल नतिजा ल्याउनेमा औंलामा गन्न सकिने मात्रै सरकारी विद्यालय छन्।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण झाले एकीकृत प्रवेश परीक्षाको एमबीबीएसतर्फ पहिलो नम्बरमा नाम निकालेका हुन्। किसान परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए।

अभिभावक र शिक्षकको प्रेरणा अनि पटकपटकको अभ्यासले नै आफू सफल हुन सकेको झाले बताए। उनी भन्छन्, ‘अभिभावक र शिक्षकको प्रेरणा र सहयोगले एमबीबीएस पढ्ने ढोका खुलेको हो।’

पढ्ने तरिका के हो भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यस्तो कुनै तरिका त छैन। तर पाठ्यपुस्तक सकेसम्म धेरै पटक पढेर पटकपटक टेस्टमा सहभागी हुनुपर्छ।’

पाठ्यपुस्तक पटकपटक दोहोर्‍याएर पढ्ने अनि टेस्ट दिइराख्दा आफ्नो स्थान कहाँ छ भन्ने थाहा हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘तयारी कक्षाका १०० वटाभन्दा बढी टेस्ट दिएपछि मेरो आत्मविश्वास बढेको हो।’ पढ्ने तरिका के हो भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यस्तो कुनै तरिका त छैन। तर पाठ्यपुस्तक सकेसम्म धेरै पटक पढेर पटकपटक टेस्टमा सहभागी हुनुपर्छ।’  

पढ्नका लागि आर्थिक पक्षले पनि ठूलो भूमिका हुने उनको भनाइ छ। उनी भन्छन्, ‘म त सामान्य किसानको छोरो हुँ। तैपनि एमबीबीएस प्रवेश परीक्षाको तयारीका लागि केही रकम खर्च भइनै हाल्यो।’ उनका दाजु पनि आयुर्वेद चिकित्सा अध्ययनरत छन्।

Metro Mart
worldlink

झा विद्यालयमा परिश्रमी विद्यार्थी रहेका विद्यालयका प्राधानाध्यापक हेरम्बराज कँडेलले बताए। उनले भने, ‘उनी अब्बल अनुशासित र आत्मविश्वास भएका विद्यार्थीं हुन्।’ कँडेलका अनुसार झा सूत्र बनाएर पढ्थे। उनको रुचि नै मेडिकल शिक्षातर्फ थियो। ‘विद्यालयमा प्रवेश गरेदेखि उनका पढ्ने एकोहोरो शैली थियो। त्यसले सफलता दिलाइछाड्यो।’

शुक्रबार सार्वजनिक नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन्। चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् उनले।

२०७५ सालमा एसईई उत्तीर्ण गरेर काठमाडौं आएपछि विश्व निकेतन माविमा पढेका उनी अहिले काठमाडौं कीर्तिपुरमा दाजु अमवेश झासँग बस्दै आएका छन्। 

शुक्रबार सार्वजनिक नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन्। चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् उनले। परीक्षामा देशभरिबाट ११ हजार प्रतिस्पर्धी सामेल थिए। यसअघि विश्वविद्यालय पिच्छे फरक–फरक परीक्षा हुने गरेकोमा आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो।

विश्व निकेतन माविले चिकित्सा शिक्षातर्फको एकीकृत प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्न सफल आफ्ना विद्यार्थीलाई सम्मान गरेको थियो। ज्ञानीशंकर यादवले पनि सोही विद्यालयबाट एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। कँडेलका अनुसार विद्यालयबाट गत वर्ष ८ जना एमबीबीएस अध्ययनका लागि छनोट भएका थिए।

प्रकाशित: Aug 07, 2021| 06:33 शनिबार, साउन २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्