सोमबार, वैशाख २२, २०८२

विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

बाँके- बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ। 

प्रदेशसभा सदस्य आरती पौडेलको नेतृत्वमा मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन बाँकेबाट बुटवल गएको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो। जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका विज्ञ कवीन्द्र भट्टराई, लेख प्याकुरेलसहितको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो। प्रदेश योजना आयोग र मुख्यमन्त्रीको कार्यालयले विश्वविद्यालय दाङ र कपिलवस्तुमा सार्ने गरी जग्गा खोज्न थालेपछि विश्वविद्यालयको विषयमा विवाद भएको हो।  

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले अघिल्लो साता पत्रकार सम्मेलन गरेर प्रदेश विश्वविश्वविद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको बङ्गलाचुली वा संस्कृत विश्वविद्यालयको जग्गा र कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको बताएका थिए। विश्वविद्यालयका लागि १०० बिघा जग्गा सिफारिससहित जग्गा छुट्याउने कामसमेत सम्पन्न गरेको खजुरा गाउँपालिकाले पालिकास्तरीय सर्वदलीय बैठक गर्दै योजना आयोगको तयारीप्रति आपत्ति जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजान नहुनेमा जोड दिनुभयो। लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आव २०७६-७७ मा रु तीन करोड, आव २०७७-७८ मा रु सात करोड र चालु आर्थिक वर्षमा रु १० करोड विनियोजन गरेको छ। 

विश्वविद्यालय ऐन नबनेकाले पहिलो र दोस्रो बजेट खर्च हुनसकेको थिएन। यो योजनाका लागि बाँके जिससले पनि रु दुई करोड बजेट विनियोजन गरेको समन्वय समिति प्रमुख श्रीवास्तवले बताए। 

Metro Mart
worldlink

प्रकाशित: Mar 15, 2022| 22:50 मंगलबार, चैत १, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।