सोमबार, जेठ २७, २०८२

संखुवासभा बस दुर्घटना : चालक र सहचालक दुवैको मृत्यु

संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–६ सात घुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ। बस संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको थियो।

मृत्यु हुने चालक चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराई रहेका छन्। दुर्घटनामा मादी नगरपालिका– ६ की अञ्जना कटवाल, ईन्द्रबहादुर अधिकारी, दीक्षा कटवाल, मादी नगरपालिका–५ का दीपक दाहाल, श्याम शेर्पा, भवानी दाहाल, आइतबहादुर तामाङ र सविता राउत कार्कीको पनि मृत्यु भएको छ।

एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन।

दुर्घटनामा घाइते भएका पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

प्रकाशित: Mar 10, 2022| 13:04 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।