बिहीबार, वैशाख १८, २०८२

आठ महिनापछि पारित भयो कर्णालीको बजेट

कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेट आठ महिनापछि प्रदेशसभाबाट पारित भएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेट आठ महिनापछि प्रदेशसभाबाट पारित भएको छ। बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी पारित गरिएको हो।

अध्यादेशमार्फत ल्याइएको बजेट मंगलबार प्रदेशसभा सदस्यहरुको बहुमतले पारित भएको छ। विनियोजन अध्यादेश ०७८ र आर्थिक अध्यादेश ०७८ प्रतिस्थापन गर्न बनेका विनियोजन विधेयक ०७८ र आर्थिक विधेयक ०७८ प्रदेश सभाबाट बहुमतले पारित गरिएको हो।

गत असार १ मा आव ०७८–०७९ को बजेट प्रदेश सभामा पेश भएको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरेपछि बजेटमाथि छलफल नै हुन पाएको थिएन। संसदबाट उक्त बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।

चालू आवमा कर्णाली प्रदेश सरकारको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार छ। 

प्रकाशित: Mar 09, 2022| 10:31 बुधबार, फागुन २५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।