सोमबार, वैशाख २२, २०८२

यातायात कार्यालय बुटवलको छड्के अनुगमनमा पुगिन् मन्त्री ढेंगा

लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेंगा मगरले यातायात व्यवस्था कार्यालयहरुको छड्के अनुगमन गरेकी छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

Metro Mart
worldlink

बुटवल– लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेंगा मगरले यातायात व्यवस्था कार्यालयहरुको छड्के अनुगमन गरेकी छन्। उनले बुटवल दीपनगरस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयको छड्के अनुगमन गरेकी हुन्।

अनुगमनमा सेवाग्राहीले कार्यालयबाट हुने काम व्यवस्थित नभएको, फोटो खिच्नका लागि मात्रै घण्टौं लाइनमा बस्नुपरेको गुनासो मन्त्री समक्ष गरेका छन्। कार्यालयमा टोकन प्रणाली नहुँदा लाइन भद्रगोल भएको, पहुँचवाला व्यक्तिले लाइन मिचेर छिटो सेवा लिने गरेको र कर्मचारीहरुले सेवाग्राहीका समस्याप्रति बेवास्ता गरेको भन्दै सेवा सुधार गर्न मन्त्री ढेंगाको ध्यानाकर्षण गराएका थिए।

सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री ढेंगाले कर्मचारीलाई सेवा प्रवाह छिटो छरितो बनाउन निर्देशन दिएकी छन्। उनले यातायात व्यवस्था कार्यालयको सेवालाई जनमैत्री बनाउन अनुगमनलाई निरन्तरता दिने बताएकी छन्।

प्रकाशित: Mar 07, 2022| 13:02 सोमबार, फागुन २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।