मंगलबार, वैशाख १६, २०८२

बाहिर पूजा शर्माको हाइहाइ, भित्र पीडितकी आमाको आँशु

फर्किदै गर्दा उनीहरुको आँखामा न्यायको आशा प्रस्टै झल्किन्थ्यो। ‘सर, हामी त गाउँको मान्छे, केही बुझ्दैनौं, केही जान्दैनौं। तर, छोरीले न्याय पाउँछे भन्ने आशा राखेका छौं। निराश नबनाउनुहोला,’ जाँदै गर्दा जाहेरी दिने पीडितका बा’को आग्रह थियो।
 |  बुधबार, फागुन १८, २०७८

अनिल यादव

अनिल यादव

बुधबार, फागुन १८, २०७८

दमौली- नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कलाकार पल शाहलाई भेट्न नायिका पूजा शर्मा आउने खबरपछि बुधबार दिनभर दमौलीस्थित जिल्ला प्रहरी कार्यालय वरिपरि पल-पूजाका 'फ्यान'को घुँइचो लाग्न थाल्यो। बलात्कार आरोपित पललाई भेट्न पूजा दमौली आउन लागेको सुइँको आफूनिकटलाई अघिल्लो दिन नै दिन भ्याइसकेकी थिइन्। 

पूजा आउने भएसँगै दर्जनौंको संख्यामा युट्युबर र तनहुँमा रहेका उनका फ्यान जिप्रका अगाडि जम्मा भए। तीन घण्टासम्म भीडलाई पर्खाएपछि दिउँसो ४:३० बजे ०२३ च ०७७५ नम्बरको कारमा पूजा शर्मा दमौली आइपुगिन्। 

पूर्वयोजनाअनुसार पूजाको गाडी देख्नेबित्तिकै फ्यान भनिनेले पल र पूजाको पक्षमा नाराबाजी गर्न थाले। आफ्नो पक्षमा नाराबाजी भएको देखेपछि वियजी भावमा हात हल्लाउँदै पूजासहित तीन जना प्रहरी कार्यालयको गेटभित्र प्रवेश गरे। 

यता बाहिरको भीडले पूजाको पक्षमा हाईहाई गरी नै रह्यो।

पीडित नाबालगका आमा-बुबा प्रहरी कार्यालय आइपुग्दा दिनको ३:२५ बजेको थियो। दमौली प्रहरीको निम्तो न्यायका लागि भौतारिरहेका पीडित किशोरीका आमाबुबा पोखराबाट दमौली आएका थिए।  

भीआइपी शैलीमा पूजा प्रहरी कार्यालय प्रवेश गर्नुभन्दा ५ मिनेटअगाडि त्यही भीडबीचबाट एउटा ट्याक्सी पनि प्रहरी कार्यालय प्रवेश गरेको थियो। उक्त ट्याक्सीलाई कसैले वास्ता गरेको देखिएन। तर उक्त गाडीमा रहेका मानिस भने भीडसँग डराउँदै कार्यालय प्रवेश गरे। जहाँ सवार थिए, आफ्नी नाबालिग छोरीमाथि भएको करणीविरुद्धको जाहेरी दिने बुबा र आमा। बाटोमा अभियुक्त पक्षधरले केही गर्लान् कि भन्ने त्रासले पोखराबाट कास्की प्रहरीको संरक्षणमा ट्याक्सी चढेर उनीहरु दमौली आइपुगेका थिए। 

Metro Mart
worldlink

पीडित नाबालगका आमा-बुबा प्रहरी कार्यालय आइपुग्दा दिनको ४:२५ बजेको थियो। दमौली प्रहरीको निम्तो न्यायका लागि भौतारिरहेका पीडित नाबालगका आमाबुबा पोखराबाट दमौली आएका थिए।  

उनीहरु प्रवेश गरेको ५ मिनेट नबित्दै अभियुक्त पललाई भेट्न नायिक पूजा शर्मा आइपुगिन्। मात्र, केही मिनेटको फरकले दुई पक्षको जम्काभेट भएन। 

प्रकाशित: Mar 02, 2022| 21:46 बुधबार, फागुन १८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्