मंगलबार, असार १०, २०८२

धरानमा एक महिला र एक पुरुषको मृत्यु

धरान उपमहानगरपालिका १८ स्थित बुद्धचोकमा नजिक रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ। पँचथर मिक्लाजुंङ्ग स्थायी घर भएर इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङको शव रहेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

धरान- धरान उपमहानगरपालिका १८ स्थित बुद्धचोकमा नजिक रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ। पँचथर मिक्लाजुंङ्ग स्थायी घर भएर इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङको शव रहेको प्रहरीले जनाएको छ।

होटलमा दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी तामाङको शव मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले देखेपछि इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गरेका थिए। प्रारम्भिक रुपमा शवको अवस्था हेर्दा हत्या हुन सक्ने प्रहरीले जनाएको छ। 

महिलासँगै बसेका अपरिचित पुरुष भने अझै फरार छन्। मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए।

इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्ने तामाङको श्रीमान् वैदेशिक रोजगारको क्रममा ब्रुनाईमा रहेको बुझिएको छ। मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो।

त्यस्तै धरानमै अर्का एक पुरुषको पनि शव फेला परेको छ। कोसी राजमार्गको धरान–भेडेटार सडक खण्डमा अन्दाजी ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन्।

उक्त शवको सनाखत भएको छैन। इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो। प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ।

मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन। शव मर्चरीमा राखेर सनाखतको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 01, 2022| 20:30 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।