बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनका राष्ट्रपतिलाई बोल्सोनारोको व्यंग्य- कमेडियनसँग युक्रेनीहरु अझै आशावादी छन्

युक्रेनका राष्ट्रपतिलाई बोल्सोनारोको व्यंग्य- कमेडियनसँग युक्रेनीहरु अझै आशावादी छन्

एक लाख ६० हजार युक्रेनीहरुले मुलुक छोडेको संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले जनाएको छ। त्यसैगरी २४० सर्वसाधारणको मृत्यु भएको छ।
 |  सोमबार, फागुन १६, २०७८

बीबीसी

बीबीसी

सोमबार, फागुन १६, २०७८

रियो द जेनेरियो- पाँच दिनदेखि रुस र युक्रेनबीच चलिरहेको युद्धमा हजारौं मानिसहरुको मृत्यु भएको छ। एक लाख ६० हजार युक्रेनीहरुले मुलुक छोडेको संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले जनाएको छ। त्यसैगरी २४० सर्वसाधारणको मृत्यु भएको छ। 

करिब एक लाख १६ हजार मानिसहरुलाई जबरजस्ती विस्थापित गरिएको छ। उनीहरु छिमेकी मुलुकको शरणमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युद्धका क्रममा करिब चार हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। यस विषयमा रुसले भने कुनै तथ्यांक उपलब्ध गराएको छैन। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेनेस्कीलाई मुलुक छोडेर सुरक्षित स्थानमा जान गरेको अमेरिकी आग्रहलाई अस्वीकार गर्दै जनतासँगै 'शत्रु' (रुस) विरुद्ध लड्‍ने बताइरहेका छन्। उनले रुसले बेलारुसमा संवादका लागि गरेको आग्रहलाई पनि अस्वीकार गरेका छन्। उनले भने, 'जुन भूभाग प्रयोग गरेर हामीमाथि आक्रमण भइरहेको छ, त्यो भूभागमा हामी वार्ता गर्न सक्दैनौं।' 

यस्तो अवस्थामा ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले भने युक्रेनी राष्ट्रपतिलाई ब्यंग्य गरेका छन्। ब्राजिलका राष्ट्रपति बोल्सोनारोले युक्रेनका नागरिकहरुलाई अझै पनि कमेडियनबाट आशा राखेको भन्दै ब्यंग्य गरेका हुन्। आइतबारको एक पत्रकार सम्मेलनमा ब्राजिलका राष्ट्रपति बोल्सोनारोले युक्रेनी राष्ट्रपति जिलेनेस्कीको खिल्ली उडाएका हुन्। उनले भने, 'समकक्षी राष्ट्रपतिका जनताले हास्य कलाकारबाट अझै आशा राखेका छन्।'

बोल्सोनारोले रुसको आक्रमणको निन्दा गर्न अस्वीकार गर्दै ब्राजिल द्वन्द्वमा 'तटस्थ' रहेको बताएका छन्। उनले ब्राजिल र रुस 'व्यावहारिक रूपमा भाइ-भाइ राष्ट्रहरू' भएको बताएका छन्।

Metro Mart
worldlink

उनले थपे, 'हामी कुनै पनि पक्ष लिने छैनौं, हामी तटस्थ रहने कुरालाई जारी राख्‍छौं, र सम्भव भएसम्म मद्दत गर्नेछौं। उनले युक्रेनको जनसंख्याको ठूलो हिस्सा रुसी भाषा बोल्‍ने गरेकोसमेत बताएका छन्। आइतबार रुसी राष्ट्पति पुटिनसँग पनि दुई घण्टा छलफल गरेको दाबी गरे। तर पछि ब्राजिलको विदेश मन्त्रालयले मार्चको सुरुमा मस्को भ्रमणको सन्दर्भमा छलफल भएको बताएका छन्। 

प्रकाशित: Feb 28, 2022| 12:15 सोमबार, फागुन १६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।