सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेशसभामा एमालेले भन्यो- संसद्लाई नै काम दिन नसक्ने सरकारबाट विकासको आशा नगरौं

प्रदेशसभामा एमालेले भन्यो- संसद्लाई नै काम दिन नसक्ने सरकारबाट विकासको आशा नगरौं

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबारबाट शुरु भएको छ। १०५ दिनपछि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

विराटनगर– प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबारबाट शुरु भएको छ। १०५ दिनपछि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको छ। 

विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यलेसंसदलाई नै काम दिन नसक्ने सरकारबाट विकासको कामको अपेक्षा नगर हुने बताए। 

उनले भने,‘ विकास कटौती गरेर भागवण्डा गर्ने र कुर्सी च्यापेर, झण्डा हल्लाएर, रमाएर मात्र कहाँ पुगिन्छ?’ एमाले सांसद उषाकला राईले मन्त्रालय फुटाएर १४ जना मन्त्री बनाएको सरकारको हालखबर के छ भन्दै प्रश्न गरिन। सांसद राईले भनिन्,‘ मन्त्रीहरूको सुविधामा कति खर्च भइरहेको छ? रकमान्तर गरेर बजेट शून्य बनाइदै छ किन?’ एमालेकै सांसद विमल कार्कीले प्रदेशले नाम नपाएको भन्दै विरोध गरे। सांसद सर्वध्वज साँवाले जोडजाडे सरकारकारले फोडफाडे काम मात्र गरेको भन्दै व्यंग्य गरे। 

आइतबारको प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल भएको छ। प्रदेशसभाको अर्काे बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: Feb 27, 2022| 21:00 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।