बुधबार, वैशाख १७, २०८२

शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

म्याग्दी– शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ। लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन्। 

शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताएका छन्। ‘बिना कारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन। बोल्न र सास फेर्न गाह्रो भएको छ,’ विद्यार्थी पौडेलले भने। उनका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए।

वान्ता गर्ने, खाना नखाने, सास फेर्न गाहे हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्य परीक्षण गरिएको थियो। पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार राति नै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटिस्क्यान गरी बिहान बेनी ल्याएको बताइन्।

‘बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिनुभएको छ। सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गर्नुभएन,’ उनले भनिन्। पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बाल मनोविज्ञानमा असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन्। पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए। 

विद्यालयका निमित्त प्रअ लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आज छलफलका लागि बोलाएको बताइन्। ‘शुक्रबार ५ बजेसम्म कक्षा भएको थियो। नवीन सरको पिरियड दिउँसो १२ः१० देखि १२ः५० सम्म हो। राजनले त्यो दिन पूरै कक्षा पढेका थिए। लेखापछिको विषयका सरहरुले पनि उनको स्वास्थ्य अवस्था सामान्य भएको बताएका थिए,’ उनले भने, ‘आज बिहान लाइनमा सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताए। थप छानबिन र छलफल गर्दैछौं।’

Metro Mart
worldlink

प्रकाशित: Feb 27, 2022| 14:37 आइतबार, फागुन १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।