सोमबार, जेठ २७, २०८२

प्रदेश १ : प्रदेश सभाको बैठक बस्दै

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबार (आज) बस्दै छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

विराटनगर- प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबार (आज) बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको गोपालप्रसाद पराजुलीले बताए।  सचिव पराजुलीका अनुसार बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार पारेपछि प्रदेशसभामा छलफल अघि बढाइने छ। 

गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएपछि स्थगित भएको बैठक साढे ३ महिना पछि बस्ने भएको हो। प्रदेशसभामा आर्थिक तथा वित्तीय कार्यविधि छलफलको क्रममा छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश आमसञ्चार विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको  छ। 

नवौं तथा हिउँदे अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए पनि एउटा पनि विधेयक पारित हुन सकेको छैन। प्रदेश सरकारले पछिल्लो समय कुनै पनि नयाँ विधेयक नल्याएको प्रदेशसभा सचिव पराजुलीले बताए।

प्रकाशित: Feb 27, 2022| 07:15 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।