सोमबार, जेठ २७, २०८२

पुराना नोटको व्यवस्थापन विराटनगरबाट सुरु

शुक्रबार राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमा ‘बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गर्दै गर्भनर महाप्रसाद अधिकारीले पुरानो नोटको ब्यवस्थापनका लागि बीएसबीएस सिस्टमको मेसिन सहज हुने बताए।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

विराटनगर- नेपाल राष्ट्र बैंकले पुराना नोटको व्यवस्थापन कार्य विराटनगरबाट सुरु गरेको छ। शुक्रबार राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमा ‘बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गर्दै गर्भनर महाप्रसाद अधिकारीले पुरानो नोटको व्यवस्थापनका लागि बीएसबीएस सिस्टमको मेसिन सहज हुने बताए। 

उनले अब झुत्रा र पुराना नोट नजरलाई व्यवस्थापन गरिने बताए। मेसिनले प्रति घण्टा १ सय किलोग्राम नोट टुक्राउने क्षमता राख्ने अधिकारीले बताए।

राष्ट्र बैंकले २०२२ सालबाट नोट जलाउने प्रक्रिया सुरु गरेको गर्भनर अधिकारीको भनाई छ। उनले भने,‘नोट जलाउँदा वातावरणमैत्री नभएको भन्दै धेरै गुनासा आए, अब त्यो वातावरणमा असर नपुग्ला।’ 

मुद्रा ब्यवस्थापन विभागका कार्यकारी अधिकृत रेवतीप्रसाद नेपालले केन्द्रीय बैंकसहित ७ प्रदेशमा मेशिन सञ्‍चालनमा आउने जानकारी दिए। उनले भने, 'केन्द्रीय बैंक थापाथली काठमाडौं, प्रादेशिक कार्यालयहरु जनकपुर, नेपालगञ्‍ज, धनगढी, वीरगञ्‍ज, पोखरा, सिद्धार्थनगर र विराटनगरमा राखिएको छ। भौतिक संरचना तयार नहुँदा विराटनगरबाहेकका अन्य स्थानमा मेसिन सञ्‍चालनमा आउन सकेको छैन।'

मेसिनलाई वर्षमा १ हजार घण्टासम्म चलाउन सकिने बैंकले जनाएको छ। यसअघि प्रादेशिक कार्यालय विराटनगरले वार्षिक करिब ५० देखि ५५ हजार किलो पुराना नोट जलाउने गरिएको बताइएको छ।

प्रकाशित: Feb 25, 2022| 19:59 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।