सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मोरङमा बालिकाको शव भेटिएपछि स्थानीयको प्रदर्शन, बलात्कारपछि हत्याको आशंका

मोरङमा बालिकाको शव भेटिएपछि स्थानीयको प्रदर्शन, बलात्कारपछि हत्याको आशंका

दुई दिनदेखि बेपत्ता रहेकी बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएपछि प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं– दुई दिनदेखि बेपत्ता रहेकी बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएपछि प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ। मोरङको लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बिहान लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा भेटिएको हो। प्रहरीले शव उत्खनन् गरेर बाहिर निकालेको छ। तर स्थानीयले पोष्टमार्टमका लागि लैजान अवरोध गरेका छन्। स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन्।

निर्वस्त्र अवस्थामा शव भेटिएका कारण बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको पनि अनुमान छ। स्थानीय जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन्। स्कुल गएकी छोरी घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजी गर्ने क्रममा आज शव गाडेको अवस्थामा फेला परेको हो। शव भेटिएको स्थान जाते बजारबाट करिब डेढ किलोमिटर टाढा पर्छ।

प्रकाशित: Feb 25, 2022| 14:15 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।