बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विराटनगर–तरहरा ६ लेन सडक विस्तारको काम एक महिनामा सक्ने दाबी

विराटनगर–तरहरा ६ लेन सडक विस्तारको काम एक महिनामा सक्ने दाबी

६ लेन सडक योजना इटहरीका प्रमुख बद्री शर्माले विराटनगरको रानीदेखि सुनसरीको तरहरासम्मको सबै काम महिनाभित्रमा सम्पन्न हुने दावी गरेका हुन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, फागुन १२, २०७८

विराटनगर– कोसी राजमार्ग अन्तर्गत विराटनगर– तरहरा ६ लेन सडक निमार्णको काम एक महिनामा सकिने दाबी गरिएको छ। भारतीय सीमाना रानीदेखि तरहरासम्मको क्षेत्रमा आगामी एक महिनाभित्र ६ लेन सडक तयार गर्ने काम सम्पन्न हुने दाबी आयोजना कार्यालयले दाबी गरेको हो। 

६ लेन सडक योजना इटहरीका प्रमुख बद्री शर्माले विराटनगरको रानीदेखि सुनसरीको तरहरासम्मको सबै काम महिनाभित्रमा सम्पन्न हुने दावी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार भएको ६ लेन सडकसम्बन्धी छलफलमा शर्माले यस्तो दाबी गरेका हुन्। 

आर्थिक वर्ष ०६९/०७० मा विराटनगरको रानी हुँदै इटहरी र धरान जोड्ने मार्ग ६ लेनमा विस्तार गर्ने काम थालनी भएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्यका साथ ४९ किलोमिटर सडक विस्तार गर्ने योजना थियो। यसका लागि १० अर्ब ९८ करोड लागत हुने आकलन थियो। 

६ लेन सडक योजना इटहरीका प्रमुख बद्री शर्माले विराटनगरको रानीदेखि सुनसरीको तरहरासम्मको सबै काम महिनाभित्रमा सम्पन्न हुने दावी गरेका हुन्। 

यद्यपि सुनसरीको दुहबी बजार क्षेत्र र बुढी खोलामा निर्माण भईरहेको पुल सम्पन्न हुने मिति यकिन नभएको योजना प्रमुख शर्माको भनाइ छ। दुहबी बजारमा करिब डेढ किलोमिटर बाटो विस्तार गर्न स्थानीयको अवरोध छ। 

छलफलमा सहभागीले सडक निर्माणमा भएको ढिलाईका कारण जनताले धेरै समस्या भोगेको बताए।  निर्माण सम्पन्न नहुँदै भत्किने पनि शुरु भएकाले योजनाको डिजाईनमा निकै त्रुटि भएको उनीहरूको भनाइ छ। 

Metro Mart
worldlink

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको प्रतिबद्धता र निरन्तरताले मात्र योजनाहरु दुरुस्त र राम्रो हुने भएकाले नागरिक सुरक्षाका निम्ति कसैसँग सम्झौता नगर्ने कुरामा जोड दिए। उनले ६ लेनको सडकबाट उत्पन्न हुने समस्या समाधानमा केन्द्रित हुन आयोजना प्रमुखलाई निर्देशन दिए। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्तताका कारण आकाशे पुल बनाउन लागिएको बताए। उनले नगर क्षेत्रको ६ लेन सडकमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने बताए। 

मोरङ ट्राफिकका प्रमुख चन्द्रबहादुर खड्काले घर, पसल, पेट्रोलपम्प, होटल र रेष्टुरेन्ट आगाडि सडक डिभाइडर राखीदिएका कारण दुर्घटना बढेको बताए। 

भारत र चीन जोड्ने सडक खण्डसमेत भएका तर सरकारले रानी-विराटनगर–इटहरी–धरान सडक आयोजनामा खासै चासो नदिएको एमाले विराटनगरका अध्यक्ष सागर थापाले बताए।

प्रकाशित: Feb 24, 2022| 19:58 बिहीबार, फागुन १२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्