मंगलबार, वैशाख १६, २०८२

कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालन नगर्न चौतर्फी दबाब, बोर्ड भन्छ– स्वास्थ्यप्रति संवेदनशील छौं

‘एक जनालाई मात्र संक्रमण रहेछ भने पनि भयावह बन्न सक्छ। विद्यार्थीले दुरी कायम गर्दैनन्। परीक्षा हलबाटै महामारी झन् विकराल बन्न सक्छ।’
 |  शुक्रबार, साउन २२, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– भौतिक रूपमा सञ्चालन नगर्न सरोकारवाला र सरुवा रोग विशेषज्ञहरूले दबाब दिए पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने तयारी गरेको छ। भौतिक रूपमा परीक्षा सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै परीक्षा नगर्न चौतर्फी दबाब छ। 

परीक्षा रोक्न सामाजिक सञ्जालमा #CancelNEBExams लेखेर विद्यार्थीलगायत सरोकारवालाले अभियान चलाएका छन्। राष्ट्रिय परीक्षा बोर्डले भने स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गराउँदै कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। 

ट्विटर प्रयोगकर्ताले परीक्षा स्थगित गराउनुपर्छ भनेर ट्विट गरिरहेका छन्। यो अभियानमा साथ दिनेमा नेतादेखि समाजका प्रबुद्ध व्यक्तित्वहरू छन्। ‘परीक्षा रोकौं, विकल्प खोजौं’, ‘परीक्षा केन्द्रको भीड कोरोना महामारीको तेस्रो लहरको माध्यम नबनोस्’ भन्दै सरोकारवालाले सामाजिक सञ्जालमा लेखिरहेका छन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी भए पनि त्योभन्दा बढी जरुरी जीवनरक्षा रहेकाले संवेदनशील बन्न आग्रह गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘परीक्षा जरुरी, जीवनरक्षा झनै जरुरी! कि सुरक्षाको भरपर्दाे व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरीको सुरक्षित भविष्य चाहन्छु। त्यसैले चाहन्छु अरु धेरै छोरीछोराको भविष्य सुरक्षा। सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी।’

‘परीक्षा जरुरी, जीवनरक्षा झनै जरुरी! कि सुरक्षाको भरपर्दाे व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरीको सुरक्षित भविष्य चाहन्छु। त्यसैले चाहन्छु अरु धेरै छोरीछोराको भविष्य सुरक्षा। सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी।’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पनि बिना तयारीको परीक्षा रोक्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विना तयारीको यो परीक्षा रोकौं। यो परीक्षा होइन, यो विद्यार्थी र अभिभावकलाई तनाव हो। परीक्षा अनलाइन गराऔं वा भ्याक्सिन लगाएर मात्र गरौं। परीक्षा केही समय ढिलो भएर केही हुन्न। परीक्षाभन्दा स्वास्थ्य ठूलो हो।’ 

Metro Mart
worldlink

स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले कोरोना महामारीका कारण कक्षा १२ लगायत सबैको परीक्षा स्थगित गर्न पहल गर्ने बताएपछि सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको समर्थन हुन  थालेको छ। त्यसपछि यसलाई विद्यार्थी र सरोकारवालाले अभियानकै रूपमा सञ्चालन गरेका छन्।बोर्डले भने निर्धारित समयमै परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्ड पालनामा सजग रहेको स्पष्ट पारेको छ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्र्न निर्देशन दिएकाले तत्काल परीक्षा स्थगित नहुने बताए। उनले भने, ‘सीआईसीटी कन्ट्राक्ट ट्रेसिङ फाराम भरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने तयारीमा छौं। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। हामी स्वास्थ्य सुरक्षाप्रति संवेदनशील छौं।’


बोर्डले अनलाइन माध्यमबाटै प्रत्येक विद्यालयमा प्रश्नपत्र पठाउने र १० प्रतिशत विद्यालय अनलाइन विधि प्रयोग नहुने भएकाले ‘हार्ड कपी’  पठाउने तयारी गरेको छ। ‘होमसेन्टर’ मै परीक्षा हुने भएकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखिने स्पष्ट पारेको छ।

परीक्षामा एक बेन्चमा एक विद्यार्थीलाई राखिने दाहालले बताए। उनले भने, ‘एउटा कक्षाकोठामा बढीमा २५ जना विद्यार्थी र परीक्षा केन्द्रमा एक सिफ्टमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी गराइने छैन।’

सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपकेन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रलाई दिएको छ। परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपकेन्द्र सञ्चालन गर्न सकिनेछ। केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ। 

परीक्षा केन्द्रमा मास्क, स्यानिटाइजर अनिवार्य गराइनुका साथै विद्यार्थी– शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाइने बोर्डले जनाएको छ।

बोर्डले विद्यार्थीलाई केस इन्भेस्टिकेसन एन्ड कन्ट्राक्ट ट्रेसिङ फाराम भराएर विद्यार्थीलाई कोरोना भाइरसको शंका लागेको भए अलग्गै कोठामा राखेर परीक्षासमेत सञ्चालन गर्न दिने व्यवस्था मिलाएको छ।

विद्यार्थीले संक्रमणकै कारण परीक्षा दिन नपाउने अवस्था भएमा नियमित परीक्षा सकिएपछि पुनः परीक्षा लिइने पनि बोर्डले जनाएको छ। कोरोना संक्रमणका कारण परीक्षा दिन नपाएका विद्यार्थीले होम सेन्टरबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। 

बोर्डले शैक्षिक क्यालेन्डर प्रभावित हुने भएकाले परीक्षा स्थगित नगर्न सरकारलाई सुझाव दिएको छ। परीक्षा सञ्चालनका लागि देशभर चार हजार ३३५ वटा परीक्षा केन्द्र तोकिएको छ। 

यसअघि बोर्डले गत वैशाख २६ बाट परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेर परीक्षा स्थगित गरेको थियो।  बोर्डले कक्षा १२ को परीक्षा व्यवस्थित र सुरक्षित बनाउन परीक्षामा सहभागी हुने सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको सदस्यसचिव अर्यालले बताए।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षा सञ्चालन गराउनुअगाडि स्वास्थ्य सुरक्षाका विषयमा परीक्षा बोर्डले विश्वस्त अभिभावक र विद्यार्थीलाई विश्वस्त पार्नुपर्ने बताए। 

सरुवा रोग विशेषज्ञ प्रा. डा. जीवन शेरचनले भने भौतिक रुपमा उपस्थिति गराएर परीक्षा लिनु जोखिम मोल्नु मात्र रहेको बताए। उनले भने, ‘सानासाना बच्चा जसले केही बुझेका हुँदैनन् उनीहरूलाई अनलाइनबाट परीक्षा लिने तर बुझेका विद्यार्थीलाई जोखिम मोलेर भौतिक रूपमा परीक्षा लिन खोज्नु गलत हो।’ 

उनले भने, ‘यही बहानामा फेरि परीक्षा सारेर विद्यार्थीलाई अन्योलमा पार्नु हुँदैन। विद्यार्थीलाई स्वास्थ्य मापदण्डका विषयमा विश्वस्त पार्नुपर्छ।’

अहिले त्रिविले सञ्चालन गरेको परीक्षामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएकाले परीक्षा केन्द्रबाट कोरोनाको जोखिम बढेको आरोप विद्यार्थीले लगाउँदै आएका छन्।

सरुवा रोग विशेषज्ञहरूले पनि तत्कालका लागि परीक्षा सञ्चालन गर्दा थप स्वास्थ्य जोखिम हुने भएकाले संवेदनशील बन्न आग्रह गरेका छन्।

सरुवा रोग विशेषज्ञ प्रा. डा. जीवन शेरचनले भने भौतिक रुपमा उपस्थिति गराएर परीक्षा लिनु जोखिम मोल्नु मात्र रहेको बताए। उनले भने, ‘सानासाना बच्चा जसले केही बुझेका हुँदैनन् उनीहरूलाई अनलाइनबाट परीक्षा लिने तर बुझेका विद्यार्थीलाई जोखिम मोलेर भौतिक रूपमा परीक्षा लिन खोज्नु गलत हो।’ 

परीक्षा दिने समूह खोप लगाउने समूहभन्दा कम उमेरका छन्। सरकारले अहिले १८ वर्षभन्दा माथिका नागरिकलाई मात्र खोप लगाउँदै आएको छ। शेरचनले भने, ‘एक जनालाई मात्र संक्रमण रहेछ भने पनि भयावह बन्न सक्छ। विद्यार्थीले दुरी कायम गर्दैनन्। परीक्षा हलबाटै महामारी झन् विकराल बन्न सक्छ।’ उनले अन्तिम अवस्थामा आएर परीक्षा स्थगित गर्दा विद्यार्थीको मानसिकता खलबलिन सक्ने बताए।

उनले भने, ‘परीक्षाको तयारीमा सरकार चुकेको छ। अब परीक्षा रोक्ने निर्णय गर्दा विद्यार्थीको मानसिकता खलबलिन सक्छ।’ विद्यार्थी उच्च जोखिममा रहेकाले यो निकै संवेदनशील विषय हो।


प्रकाशित: Aug 06, 2021| 16:45 शुक्रबार, साउन २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्